पोर्चुगलमा पर्वतका एक नेपालीको हत्या

Loading...

पोर्चुगलको राजधानी लिस्वनमा गए राति छुरा प्रहार गरि एक जना नेपालीको हत्या भएको छ। पर्वत जिल्लाको मजुवा घर भएका मृतक नेपाली लामो समयदेखि पोर्चुगलमा परिवारसहित बस्दै आएका थिए।आजको सेतोपाटीमा खबर छ।

राजधानी लिस्वनको क्याम्पे पिकान्तेस्थित सडकमा अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो। छुरा प्रहारबाट दाजुको घटनास्थलमा नै मृत्यु भएको थियो उनीसँगै भएका भाई सामान्य घाइते भएका छन्।

सडकमा छुरा प्रहार गरि हत्या गरेको पोर्चुगल प्रहरीलाई उदृत गर्दै स्थानीय टेलिभिजनले समाचार सार्वजनिक गरेका छन्। मृतक चाइनिजको रेष्टुरेष्टमा काम गर्दै आएका थिए। दुई अघि मात्र साहुले उनलाई निकालेको थियो।

दाजुको घटनास्थलमा मृत्यु भएको थियो भने सामान्य घाइते भएका भाईको अहिले यहाँस्थित सान्तामारा हस्पिटलमा उपचार भइरहेको छ। उनी केही वेर अघि डिस्चार्ज भएको घटनास्थल पुगेका एनआरएन पोर्चुगलका निर्वतमान अध्यक्ष भीमकमल केसीले जानकारी दिएका छन्।

मृतकको नाम सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाको अनुसंधान गरिरहेको छ ।

Loading...



Loading…