निर्वाचन आचारसंहिता विपरीत १९७ न्यायाधीश सरुवा

Loading...

काठमाडौं , निर्वाचन आचारसंहिता विपरीत न्याय परिषदले १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषदले आज एकैपटक यति धेरै न्यायाधीशको सरुवा गरेको हो । संघीय संसद र प्रदेशसभा चुनावका लागि भदौ १४ देखि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको बैठकले न्यायाधीश सरुवा गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका उपनेता सुवास नेम्वाङले आचारसंहिता विपरीत न्यायाधीश सरुवा गरिए राम्रो नहुने चेतावनी केही दिनअघि दिए पनि परिषदले सरुवा गरेको छ ।
निर्वाचन आयोगको सहमतिपछि न्यायाधीश सरुवा गरेको परिषदले जनाएको छ । न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त तीन न्यायाधीशका लागि सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका मुख्य न्यायाधीश डम्बरहादुर शाही र पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान छन् ।दृष्टि न्यूजबाट

Loading...



Loading…