अर्थ

नेपाल राष्ट्र बैंकले लगानीयोग्य ४० अर्ब रुपैयाँ बजारमा पठाउने

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। दिर्घकालसम्म लगानी गर्न मिल्ने गरि बैंकले बैंक तथा वित्तीय संस्था मार्फत ४० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउन लागेको हो।  बजारमा रहेको तरलता अभाब व्यवस्थापन गर्न यस अघि दुई पटक गरि ३० अर्बको रिपो जारि गरेको बैंकमा बैंक तथा वित्तीय संस्थाले इच्छा […]

बागलुङ नपाको बजेट रु साढे पन्ध्र करोड

बागलुङ,  माघ ५ गते  । बागलुङ नगरपालिकाले आगामी आवको लागि रु १५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २२ औँ नगर परिषद्ले आव २०७४/०७५ को आयव्यय मंगलबार सार्वजनिक गरेको हो । परिषद्को निर्णयअनुसार चालुतर्फ रु दुई करोड ५० लाख र पुँजीगततर्फ रु १३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार निर्माण, […]

तीन जिल्लाका बालबालिकालाई मासिक चार सयभत्ता

काठमाडौं। सरकारले गरिबीको सूचकाङ्कमा पिछडिएका थप तीन जिल्लाका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गर्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले स्थानीय निकायमार्फत अछाम, रौतहट र बझाङका सबै समुदायका बालकालिकालाई मासिक रु ४०० भत्ता वितरण गर्न लागेको हो । ‘पाइलट प्रोजेक्ट’ का रुपमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत ती जिल्लाका बालबालिकाले […]

पर्यटक तान्न प्याराग्लाइडिङ र होमस्टे

माघ ४, २०७३- गाउँलाई पर्यटकीय गन्तव्य बनाउन बिहाबरका स्थानीय जुटेका छन् । पर्यटक आकर्षित गर्न उनीहरूले प्याराग्लाइडिङ र होमस्टे सुरु गरेका छन् । माघे संक्रान्तिको अवसर पारेर कुशादेवीको गुर्दुमडाँडामा प्याराग्लाइडिङको परीक्षण गरिएको छ । ‘पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्रमा यस्ता गतिविधि अघि बढाउन लागेका हौं,’ बिहाबर क्षेत्र सरोकार समाजका अध्यक्ष रामेश्वर थापाले भने, ‘परीक्षण उडान […]

नक्कली डलर दिएर १० लाख ठगी

भक्तपुर, माघ ३ – नक्कली अमेरिकी डलर दिएर भक्तपुरमा मेघनाथ दाहालको १० लाख रुपैयाँ ठगी भएको छ । भक्तपुरको चागुँनारायण नगरपालिका ५ गेलाल गाउँमा नचिनेका व्यक्तिलाई १० लाख रुपैयाँ दिएर १० हजार अमेरिकी डलर साटेका दाहाललाई नक्कली डलर दिएर ती व्यक्तिले ठगी गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादर सुवेदीले जानकारी दिनुभयो । ठगी […]

अब भारु २ हजार नेपालमा पनि चल्ने !

२८ पुस, काठमाडौं । नेपालले भारतसामू भारु २ हजारको नोटको बैधानिक कारोबारका लागि प्रस्ताव गरेको छ । ५ सय र एक हजारको पुरानो नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले २ हजारको नोट ल्याएको छ । तर, यसको कारोबार अहिलेसम्म बैध छैन । भारतले आफ्नो फरेन एक्चेन्ज म्यानेजमेन्ट एक्ट अन्तरगत फेमा नोटिफिकेसन जारी गरेपछि मात्र कारोबार बैध […]

रूपन्देहीका होटेलमा २५ अर्ब लगानी

बुटवलः रूपन्देहीको मणिग्राममा पाँचतारे होटेल टाइगर प्यालेस सञ्चालनमा आउँदैछ । होटेलको सिभिल निर्माण सकिएको छ । होटेलमा धमाधम साजसज्जाको काम भइरहेको छ । अस्ट्रेलियन बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले होटेल सञ्चालन गर्न लागेको हो । होटेलमा झण्डै साढे तीन अर्ब रुपैयाँ लगानी हुँदैछ । लुम्बिनीको पर्साचोक नजिकै पाँचतारे होटेल पवन प्यालेस बनिरहेको छ । पवनको पेडाबाट […]

२० बर्ष काम गरेका किसानलाई २५ सय रुपैयाँ पेन्सन

सरकारले यसैवर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ ।२० वर्ष किसानी गरेको र ६० वर्ष पुगेका किसानलाई सरकारले पेन्सन दिन लागेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने […]

वैदेशिक अनुदानभन्दा ऋण दोब्बर

काठमाडौँ । प्रमुख द्विपक्षीय र बहुपक्षीय दाताले नेपाललाई अनुदान प्राप्त गर्ने मुलुकको सूचीबाट हटाउने तयारी गरेपछि सरकारले चालू योजना अवधिभित्र वैदेशिक अनुदानको तुलनामा दोब्बर परिमाणमा ऋण लिने निर्णय गरेको छ । वैदेशिक अनुदान परिचालन खासै प्रभावकारी नभएको निष्कर्षमा यसअघि नै पुगेको सरकारले योजना अवधिभित्र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ८.३ प्रतिशत बैदेशिक ऋण लिने निर्णय गरेको हो […]

ग्यास ढुवानीमा नेपाली बुलेट

पुस २५, २०७३- बयालीस बर्षदेखिको भारतीय एकाधिकार तोड्दै नेपाली बुलेटले नै ग्यास ढुवानी गर्ने भएको छ । वीरगन्ज भन्सारले आइतबार ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट पास गरेपछि भारतीय एकाधिकार तोडिएको हो । ‘भन्सार प्रक्रिया सबै पूरा गरेकाले आइतबार पास गरेर बुलेट लैजान भनेका छौं,’ भन्सार प्रमुख सेबन्त पोखरेलले भने […]


Loading...

Loading...

ताजा समाचार