अर्थ

राष्ट्र बैंक र विभागको समन्वयमा सहकारी अनुगमन हुने

काठमाडौंः बचत तथा ऋण सहकारी संस्थाको अनुगमन सहकारी विभाग र नेपाल राष्ट्र बैंकको समन्वयमा हुने भएको छ । सरकारले हालै जारी गरेको वित्तीय क्षेत्र विकाससम्बन्धी ५ वर्ष रणनीतिमा वित्तीय कारोबार गर्ने सहकारीको अनुगमनका लागि विभाग, राष्ट्र बैंक र अन्य सरोकारवाला निकायबीच समन्वय गर्ने योजना अघि सारिएको हो । सहकारीको नियमन प्रभावकारी नहुँदा वित्तीय जोखिमसमेत बढेको र […]

तेस्रो मुलुकबाट हुने आयातमा भारतले लगाएको सेवाशुल्क हट्यो

सरकार र निजी क्षेत्रको आग्रहपछि हटाइएको सेवाशुल्कबाट नेपालको आधा अर्ब जोगिने नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा भारतले लगाउँदै आएको सेवाशुल्क हटेको छ । कोलकाता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपाल आउने मालवस्तुमा भारतीय सरकारले कार्गोशुल्कमा ४ दशमलव ५ प्रतिशत सेवाशुल्क लिँदै आएको थियो । भारत सरकारले सोमबारदेखि लागू हुने गरी उक्त सेवाशुल्क हटाएको कोलकातास्थित महावाणिज्यदूत एकनारायण […]

वायुसेवालाई सञ्चय कोषको २५ अर्ब

काठमाडौं- सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई वार्षिक ९ प्रतिशत ब्याजदरमा २५ अर्ब रुपैयाँ ऋण दिन लिखित प्रतिबद्धतापत्र पठाएको छ। दुई थान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ ऋणस्वरूप लिन निगमले सञ्चय कोषसँग लामो समयदेखि औपचारिक/अनौपचारिक वार्ता गर्दै आएको थियो। त्यसपछि गत भदौ २९ गते कोषले उक्त रकम एक्लै […]

सवा खर्ब भारु किनियो

काठमाडौं:  भारतले ठूला दरका नोट बिमौद्रीकरण गरेपछि नेपालमा भएका त्यस्ता नोट फिर्ता नलिए पनि राष्ट्र बैंकले भारतसँग भारु किन्ने क्रम भने बढेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनाभित्रैमा उसले भारतबाट १ खर्ब ३३ अर्ब १० करोड ९८ लाख भारु किनेको छ । यो गत वर्षको यही अवधिको […]

कुखुरापालन व्यवसाय प्रवर्दन गर्न सेमिनार

काठमाडौंः राजधानीको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा भएको ‘कृषिसम्बन्धी पहिलो बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’मा ‘पोल्ट्री स्वास्थ्य र व्यवस्थापन’ सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । पोल्ट्री क्षेत्रमा प्रयोग भएका नविनतम् प्रविधिका बारेमा जानकारी दिई व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको कृषि प्रदर्शनी सहयोगी संस्था ‘फार्म नेपाल’का अध्यक्ष डा. रेवन्तकुमार भट्टराईले जानकारी दिए । सोह्रभन्दा बढी राष्ट्र सहभागी भएको […]

तीन बैंकले मात्र पुर्‍याए पुँजी

काठमाडौः नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि योजनाअनुसार तीनवटा वाणिज्य बैंकले मात्रै निर्धारित पुँजी पुर्याहएका छन् । राष्ट्र बैंकले निर्धारण गरेको समय सीमाभन्दा अगावै पुँजी पुर्यारउने बैंकमा दुईवटा सरकारी र एक निजी बैंक छन् । राष्ट्र बैंकले आउँदो असारमसन्तासम्म सबै वाणिज्य बैंकलाई आठ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । अहिलेसम्म कृषि विकास बैंक, नेपाल […]

उपत्यकामा पेट्रोल अभाव

काठमाडौं – उपत्यकाका अधिकांश पेट्रोल पम्पमा तेल नपाएपछि सार्वसाधारणले दुख पाएको खबर आजको नागरिकमा छ । शुक्रबार ट्याङकर चालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानी भएन । शनिबार नेपाल आयल निगमले तेल उपलब्ध नगराउँदा उपत्यकामा डिजेल र पेट्रोल अभाव भएको पम्प सञ्चालकहरु बताउँछन् । निजीमात्र नभएर सरकारी पम्पले समेत तेल नदिएपछि उपभोक्तालाई सास्ती भयो । एक दिन […]

६ महिनामा २ लाख ११ हजार सवारी साधन आयात, मोटरसाइकल मात्रै डेढलाख

काठमाडौं : गत साउनदेखि पुससम्मको छ महिनामा नेपालमा २ लाख ११ हजार ९ सय ६९ वटा सवारी साधन आयात भएको छ। यातायात व्यवस्था विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ को पहिलो ६ महिनामा सबैभन्दा बढी मोटर साइकलको आयात भएको छ। यो अवधिमा १ लाख ६३ हजार २ सय ५५ वटा मोटरसाइकल बिभागमा दरेता भएका छन्। त्यस्तै १४ हजार ४६ […]

इन्धन आयातमा बृद्धि, साढे ३० अर्बको तेल आयो

७ फागुन, पर्सा। वीरगन्ज नाका भएर साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर  ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले […]

मापदण्ड पुरा गरी घर बनाइसकेकालाई एकमुष्ट ३ लाख रुपैयाँ अनुदान

भूकम्प प्रतिरोधी मापदण्ड पुरा गरी सरकारको मुख नताकी घर बनाइसकेकाहरुले अब एकमुष्ट तीन लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर गोविन्द पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको कार्यकारी समितिको बैठकले एकमुष्ट अनुदान दिने निर्णय गरेको हो । ‘भूकम्पबाट प्रभावित जिल्लामा आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरी निजी आवास […]


Loading...

Loading...

ताजा समाचार