खेलकुद

विश्व कप विजेता रोनाल्डोले कपालको रहस्य खोले

ब्राजिल (एजेन्सी)– ब्राजिलका महान खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ विश्व कपमा अनौठो कपाल राख्नुको रहस्य खोलेका छन । गोल गर्न माहिर रोनाल्डाको कपालको शैलीले कोरिया–जापानमा संयुुक्त रुपमा आयोजना भएको विश्वकपमा निकै चर्चा पाएको थियो । कतिले उनको कपालको शैलीको कतिले हासो बनाएका थिए । रोनाल्डोले धेरैपछि उक्त कपाल कटाइको शैलीका बारमा मुख खोलेका छन् । […]

आइपिएलमा दुई अफगानी

बेङलोर- अफगानिस्तानका दुई खेलाडी पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल)मा बिक्री भएको दिन इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कीर्तिमानी रकममा राइजिङ पुणे सुपरजाइन्टसँग अनुबन्धित भए। स्टोक्सलाई लिन फ्रेन्चाइज कप्पनीबीच तँछाडमछाड भए पनि अन्ततः पुणेले १४ करोड ५० लाख भारतीय रुपैयाँमा लिएको थियो। आइपिएलमा विदेशी खेलाडीका लागि यति ठूलो रकम खर्च भएको यो पहिलो हो। यसअघि दिल्ली […]

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

काठमाडौं- नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ। एसियाबाट टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा एसोसिएट सदस्यमध्येबाट […]

न्युक्यास्टल च्यामपियनसिपको शीर्ष स्थानमा उक्लियो

फागनु १० – न्युक्यास्टल युनाइटेड च्यामपियनसिप फुटवलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ  । गए राति एस्टन भिल्लालाई २–० गोल अन्तरले हराएपछि न्युक्यास्टल शीर्ष स्थानमा उक्लिएको हो । ३२ खेल खेलेको न्युक्यास्टल ६९ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै ३२ नै खेल खेलेको ब्राइजटोन ६८ अंकका साथ  दोस्रो स्थानमा  छ । पहिलो हाफको अन्तिमतिर […]

सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कपको क्वाटरफाइनल

फागुन १० – सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले सटन युनाइटेडलाई २–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । आर्सनललाई जिताउन २६ औँ मिनेटमा लुकास पेरेजले गोल गरे । त्यस्तै दोस्रो हाफ सुरु भएको १० मिनेटमा थियो वाल्कटले आर्सनका लागि व्यक्तिगत एक सयौँ गोल गर्दै टोलीलाई […]

बार्सिलोनाले जित्यो, मेस्सी बने नायक

फागुन ९ – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २–१ ले हराएको हो । बार्सिलोनाको जितमा दुवै गोल लियोनल मेस्सीले गरे । चौथो मिनेटमा नै गोल गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा […]

आइपिएल : गुजरातले किन्यो युएईका चिराग, स्टोक्स सबैभन्दा महंगा

फागुन ९ – इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)को १० औं संस्करणको अक्सनबाटै नयाँ कुरा देखिँदै छ । अफगानिस्तानका दुई खेलाडीसँगै युएईका ब्याट्सम्यान चिराग सुरी पनि बिकेका छन् ।  २२ वर्षका चिरागलाई सुरेश रैनाको कप्तानीमा रहेको गुजरात लायन्सले १० लाख भारतीय रुपैयाँमा अनुबन्धित गरेको हो । उनले अहिलेसम्म लिस्ट ‘ए’ मा जम्मा तीन खेल खेलेका छन् […]

आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके

फागुन ९ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२ वर्षका अलराउण्डर मोहम्मद नाबीलाई सनराइजर्स हैदराबादले ३० लाख भारतीय रुपैयाँमा आफ्नो टोलीमा समावेश गरेको हो । उनी आइपिएल खेल्ने पहिलो अफगानी खेलाडी बनेका छन् ।  यस्तै, सनराइजर्स हैदराबादले नै अफगानिस्तानका बलर रसिद […]

पुमासँग कोहलीले गरे ११० करोडको कीर्तिमानी सम्झौता

भारतीय क्रिकेट कप्तान विराट कोहलीले कुनै एकल ब्राण्डसँग १०० करोडभन्दा बढीको प्रायोजन सम्झौता गरेका छन्। यो सम्झौतासँगै कोहली यती ठूलो रकमको सम्झौता गर्ने पहिलो भारतीय खेलाडीसमेत भएका छन्। स्पोर्ट्स लाइफस्टाइल ब्रान्ड पुमाले कोहलीसँग ८ वर्षका लागि ११० करोड भारूको प्रायोजन सम्झौता गरेको हो। यसअघि पुमाको ग्लोबल एम्बेसडरका रुपमा फुटबलर थिएरी हेनरी र ओलिभर जिराउड तथा तीव्र […]

पुमासँग कोहलीले गरे ११० करोडको कीर्तिमानी सम्झौता

भारतीय क्रिकेट कप्तान विराट कोहलीले कुनै एकल ब्राण्डसँग १०० करोडभन्दा बढीको प्रायोजन सम्झौता गरेका छन्। यो सम्झौतासँगै कोहली यती ठूलो रकमको सम्झौता गर्ने पहिलो भारतीय खेलाडीसमेत भएका छन्। स्पोर्ट्स लाइफस्टाइल ब्रान्ड पुमाले कोहलीसँग ८ वर्षका लागि ११० करोड भारूको प्रायोजन सम्झौता गरेको हो। यसअघि पुमाको ग्लोबल एम्बेसडरका रुपमा फुटबलर थिएरी हेनरी र ओलिभर जिराउड तथा तीव्र […]


Loading...

Loading...

ताजा समाचार