खेलकुद

नेपालका ७ खेलाडी ० रनमा आउट

काठमाडौं, मंसिर १३ । एसिया कप महिला ट्वेन्टी–२० क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । थाइल्यान्डमा जारी प्रतियोगिताअन्तर्गत् सोमबार श्रीलंकाले नेपाललाई ८ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १६.२ ओभरमा २३ रनमा अलआउट भयो । नेपालका ७ खेलाडी शून्य रनमा आउट भएपछि नेपालको स्थिति दयनीय बनेको हो । […]

एसिया कप : श्रीलंकासँग पनि नेपालको फितलो ब्याटिङ, २३ रनमा अलआउट, ८ विकेटले हार्‍यो

काठमाडौं, मंसिर १३ – थाइल्यान्डमा चलिहेको एसिया कप ट्वेन्टीट्वेन्टी महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले १६ ओभर २ बलमा अल आउट हुँदै २३ रन मात्र बनायो ।  जवाफि ब्याटिङ गरेको श्रीलंकाले ४ ओभर ३ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालकी ज्योति पाण्डेले ३९ […]

एकै दिन सिमोनी बाबु-छोराको धमाका

अर्जेन्टिनाका पूर्व मिडफिल्डर डिएगो सिमोनी र उनका छोरा गियोभानी सिमोनीले एकै दिन छुट्टाछुट्टै खेलमा विजय प्राप्त गरेका छन्। सिमोनी हाल स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका प्रशिक्षक छन् भने उनका छोरा गियोभानी इटालीको जेनोआ क्लबबाट व्यावसायिक फुटबल खेल्छन्। आइतबार स्पेनिस लिगअन्तर्गत ओसासुनाविरूद्धको खेलमा एट्लेटिको ३-० ले विजयी भयो। जितसँगै सिमोनीको क्लब स्पेनिस लिगको चौथो स्थानमा उक्लिएको छ। […]

डेभिस कपको उपाधि अर्जेन्टिनाले जित्यो, म्याराडोनाले खुशी मनाए

काठमाडौं, मंसिर १३ । यस वर्षको डेभिस कप टेनिसको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार भएको फाईनल खेलमा क्रोएसियालाई ३-२ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । विश्वकै प्रतिष्ठित टेनिस प्रतियोगिता डेभिस कपको उपाधि लेटिन अमेरिकी मुलुक अर्जेन्टिनाले जितेको यो पहिलो अवसर हो । ३ खेलको समाप्तीसम्म २-१ ले पछि परेको अर्जेन्टिनाले यसपछिका दुई खेल […]

मोरिन्होले फाले पानीको बोतल, परे कारवाहीमा, म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

मंसिर १३ – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फेरि जित निकाल्न सकेन । आइतबार राति  भएको खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ह्यामसँग १–१ को बराबरीमा रोकियो । दोस्रो मिनेटमा नै डाएफ्रा साखोले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए । तर २१ औं मिनेटमा जाल्टन इब्राहिमोविचले युनाइटेडका लागि बराबरी गोल फर्काए । युनाइटेडका लागि बराबरीमा रोकिनु भन्दा […]

सान्चेज र वालकोटले गरे गोल, आर्सनलले जित्यो

मंसिर १३ – आर्सनलले लगातार तीन खेलको बराबरीको यात्रा टुंग्याएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले बोर्नमाउथलाई ३–१ ले हरायो । आर्सनलको जितमा एलेक्स सान्चेजले दुई तथा थियो वालकोटले एक गोल गरे । बोर्नमाउथका लागि क्यालम विल्सनले एक गोल फर्काए । १२ औं मिनेटमा सान्चेजले गोल गर्दै आर्सनलाई सुरुवाति अग्रता दिलाए […]

बार्सिलोनाले तोड्न सकेन खराब रेकर्ड, रियलसँग ६ अंक पछि पर्‍यो

१३ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलाना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । र, इएल क्लासिको अघिसम्म लिग लिडर रियल मड्रिड भन्दा ६ अंकले पछाडि रह्यो । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडसँग ११ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदान एनोएटा स्टेडियममा भएको खेलमा सोसिडाडले ५३ औं मिनेटमा डा […]

मेसीलाई आजीवन क्लबमा राख्न बार्सिलोनाले सार्थक वार्ता गर्ने

बार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरूद्ध डिसेम्बर ३ मा हुने ‘अल क्लासिको’ भिड्न्तअघि आफ्नो स्टार स्ट्राइकर लिओनल मेसीको सम्झौताको समय लम्ब्याउने विषयमा कुरा अगाडि बढाउने भएको छ। क्याटलान डेली स्पोर्ट्स पत्रिकाका अनुसार बार्सा अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेसीका बुवासँग भेटेर ‘अल क्लासिको’ भिड्न्तपछि अर्जेन्टिनी स्ट्राइकरलाई जीवनभरीका लागि अनुबन्ध गर्ने प्रस्ताव अघि सार्न लागेका छन्। मेसीलाई आफ्नो […]

लनटेनिसको छात्रा सिङ्गल्समा मायाङ्कालाई स्वर्ण पदक

काठमाडौँ, १२ मङ्सिर, प्रतियोगिताअन्तर्गत लनटेनिसको छात्रा सिङ्गल्समा मायाङ्का राणा पहिलो भइन् । फाइनलमा मायाङ्काले जुम्ल्याहा बहिनी माहिकालाई ७–५ र ७–६ ले पराजित गरिन् । यसअघि छात्र सिङ्गल्समा केएमसीका रेन्जन लामा तथा मिक्स डबल्समा रेन्जन र माहिकाको जोडी पहिलो भएका थिए । तस्विर: एलए अन्तरकलेज खेलकुद प्रतियोगिताको लनटेनिस सिंगल्स उपाधि विजेता रेन्जन लामा र मायांका राणा पदकसाथ […]

रोनाल्डो पुरानै लयमा फर्किएः जिदान

ठमाडौंः रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आफ्नो पुरानो लयमा फर्किएको बताएका छन्। ला लिगा अन्तर्गत स्पोटिङ गिजोनविरुद्ध दुई गोल गर्दै रियल मड्रिडलाई कठिन जित दिलाएका रोनाल्डो अहिले फर्ममा आएको जिदानले बताएका हुन्। चोटमुक्त भएर मैदान फर्किदा सुरुमा गोल गर्न नसकेपनि रोनाल्डो अहिले आफ्नो पुरानो लयमा फर्किएको जिदानले बताए। ‘रोनाल्डो भनेको हो […]


Loading...

Loading...

ताजा समाचार