खेलकुद

केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौंः आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ। आइसीसी प्रतिनिधिसहितको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। उपकप्तानमा भने ज्ञानेन्द्र मल्ल छन्। यस्तै मोहम्मद आरिफ शेख, दिलिप नाथ, मेहबुब आलम, करण केसी, मोहम्मद आसिफ शेख र सागर पुन रहेका छन्। यसैगरी भुवन […]

छानिए केन्याविरूद्ध खेल्ने १९ क्रिकेट खेलाडीहरू

केन्याविरूद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि १९ जना खेलाडी छानिएका छन्। ५२ खेलाडीलाई राष्ट्रिय टोलीको छनोटका लागि ४ टोलीमा विभाजन गर्दै सुपर लिगको माध्यमबाट २४ खेलाडी छानिएको थियो। मंगलबार तीनै २४ खेलाडीबाट अन्तिम १९ खेलाडी छानिएको हो। आइसिसिको प्रतिनिधि भेनकटपपति राजुको उपस्थितिमा भएको छनोटमा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाको उपस्थिति थियो। छनोटमा परेका […]

क्रिकेट : राष्ट्रिय टिमका लागि छानियो १९ खेलाडी, अभ्यासका लागि भारत जाँदै

काठमाडौं, फागुन १० – आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि १९ खेलाडी छनौट गरिएको छ । १९ खेलाडी तीन अभ्यास खेलका लागि आगामी शुक्रबार भारत दिल्ली जाँदै छन् । भारत अभ्यासमा अस्वस्थताका कारण कप्तान पारस खड्का सम्मिलित हुने छैनन् । टोली नेपाल फर्केपछिको अभ्यासमा भने उनी सहभागी हुनेछन् ।   खेलाडी […]

आइपिएलमा रातारात करोडपति बनेका सिराकले भने– म बुबाका लागि घर किन्न चाहन्छु

इण्डियन प्रिमियर लिग(आइपिएल) को दसौं शृंखलामा २ करोड ६० लाखको बोली लागेपछि मोहम्मद सिराज अहिले दंग छन्। उनलाई सोमबार सनराइजर्स हैदराबादले यति धेरै मूल्यमा खरिद गरेको हो। सिराजका बुबा मोहम्मद गौस हैदराबादमा अटो चलाउछन्। सोमबार करोडपछि खेलाडीको सूचीमा आफू पनि समावेश भएपछि सिराज अहिले आफ्नो परिवारका लागि राम्रो ठाउँमा घर किन्ने अभियानमा छन्। सिराजले यो […]

‘रिसाएका मेसीले जितको खुसी मनाएनन्’

अर्जेन्टिनाका प्रशिक्षक इडगार्डो बाउजाले लेगानेसविरूद्धको खेलमा निर्णायक गोल गरेपनि लिओनल मेसीले जितको खुसी नमनाएको दावी गरेका छन्। उनले च्याम्पियन्स लिगअन्तर्गत पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मनी(पिएसजी) बाट ४–० को पराजयपछि मेसीको खेल माथि उठाइएको प्रश्नलाई लिएर उनी बेखुसी रहेको स्पष्ट पारे। बाउजाले विश्वस्त हुँदै अर्जेन्टिनाको रेडियो जोगा बोनिटोलाई अन्तर्वार्ता दिने क्रममा भने–‘ऊ ज्यादै रिसाएको थियो। […]

नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

आइसीसीको नयाँ सेड्युलका कारण नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । सुरूमा चार टेष्ट राष्ट्रसहित ८ देश खेल्ने तय भएको थियो। तर हङकङ र युएईले आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएपछि आइसीसीले टेष्ट खेल्ने राष्ट्र मात्र सहभागी गराएर प्रतियोगिता खेलाउने भएको छ।   हंङकङ र युएईसहित नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी […]

विश्व कप विजेता रोनाल्डोले कपालको रहस्य खोले

ब्राजिल (एजेन्सी)– ब्राजिलका महान खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ विश्व कपमा अनौठो कपाल राख्नुको रहस्य खोलेका छन । गोल गर्न माहिर रोनाल्डाको कपालको शैलीले कोरिया–जापानमा संयुुक्त रुपमा आयोजना भएको विश्वकपमा निकै चर्चा पाएको थियो । कतिले उनको कपालको शैलीको कतिले हासो बनाएका थिए । रोनाल्डोले धेरैपछि उक्त कपाल कटाइको शैलीका बारमा मुख खोलेका छन् । […]

आइपिएलमा दुई अफगानी

बेङलोर- अफगानिस्तानका दुई खेलाडी पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल)मा बिक्री भएको दिन इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कीर्तिमानी रकममा राइजिङ पुणे सुपरजाइन्टसँग अनुबन्धित भए। स्टोक्सलाई लिन फ्रेन्चाइज कप्पनीबीच तँछाडमछाड भए पनि अन्ततः पुणेले १४ करोड ५० लाख भारतीय रुपैयाँमा लिएको थियो। आइपिएलमा विदेशी खेलाडीका लागि यति ठूलो रकम खर्च भएको यो पहिलो हो। यसअघि दिल्ली […]

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

काठमाडौं- नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ। एसियाबाट टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा एसोसिएट सदस्यमध्येबाट […]

न्युक्यास्टल च्यामपियनसिपको शीर्ष स्थानमा उक्लियो

फागनु १० – न्युक्यास्टल युनाइटेड च्यामपियनसिप फुटवलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ  । गए राति एस्टन भिल्लालाई २–० गोल अन्तरले हराएपछि न्युक्यास्टल शीर्ष स्थानमा उक्लिएको हो । ३२ खेल खेलेको न्युक्यास्टल ६९ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै ३२ नै खेल खेलेको ब्राइजटोन ६८ अंकका साथ  दोस्रो स्थानमा  छ । पहिलो हाफको अन्तिमतिर […]


Loading...

Loading...

ताजा समाचार