देश

भारतसँग सीमा जोडिएका जिल्लाहरूमा नेपालले सुरु गर्‍यो विशेष कार्यक्रम

काठमाडौं, ५ कात्तिक । सरकारले गत वर्षदेखि आठवटा जिल्लामा सुरु गरेको सीमा क्षेत्र विकास कार्यक्रम चालु आर्थिक वर्षदेखि १२ वटा जिल्लामा विस्तार गरेको छ । सरकारले पहिलो चरणमा प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराह र सप्तरी जिल्लाको भारतसँग सीमा जोडिएका १०९ गाविसमा यो कार्यक्रम सुरु गरेको थियो । गोरखापत्र दैनिकले […]

भारत र चीन जोड्ने मार्गमा व्यापक विवाद

काठमाडौंः भारत र चीन जोड्ने मार्ग ठेक्काका कारण विवादमा तानिएको छ । दुई छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर–दक्षिण नेपालकै छोटो राजमार्गमा कोसी सडक आयोजना कार्यालयले सर्भेअनुसार डिजाइन स्टमेट गरी ठेक्का लगाइएको रुट परिवर्तन गर्न खोजेपछि विवाद चर्किएको हो । कार्यालयले पुरानो सर्भेअनुसारको बाटो परिवर्तन गरी नयाँ नयाँ बाटोमा सडक खन्ने तयारी गरेपछि विवाद […]

माथिल्लो तामाकोसी २०७५ असारसम्ममा

काठमाडौं – भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्म मा पूरा हुने भएको छ । डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो । भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी […]

चार सय भारतीय कमाण्डो नेपाल आउने

काठमाडौं, कात्तिक ५ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल आएको भारतीय टोली र परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल भएको हो । परराष्ट्रका एक अधिकारीका अनुसार शिष्टाचार महापालको नेतृत्वमा आएको भारतीय टोलीले नेपालका समकक्षीको टोलीसँग […]

देशमा निषेधको राजनीतिले असन्तुलत निम्तिने र त्यस्ले विद्रोहको रुप लिने पूर्व राजा शाहको चेतावनी

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीतिले असन्तुलन निम्तिने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिनु भएको छ । उहाँले मुलुकमा देखिएको बाहिरी हस्तक्षेपले मुलुकलाई ठूलो क्षति पुग्ने बताउँदै यसलाई सन्तुलन गर्ने काम नेपाली जनताको काँधमा आएकोे पनि प्रष्ट पार्नुभयो । काठमाडौंमा बिहीबार देखि सुरु भएको अन्तर्राष्ट्रिय बिराट हिन्दु सम्मेलनलाई सम्बोधन गर्दै पूर्बराजा शाहले बहुजन हिताय, […]

लाहानमा बस र ट्रक ठोक्किदा ३ को मृत्यु १३ घाइते

लहानः पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया–६ मा गएराति ट्रक र बस एकआपसमा ठोक्किदा बसमा सवार तीनजनाको मृत्यु भएको छ भने अन्य १३ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडाँँतर्फ जाँदै गरेको ना ५ ख ४८८९ नंको मकालु यात्रुवाहक बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४१३० नंको ट्रक राति २ बजेतिर एकआपसमा ठोक्किएका […]

विश्व हिन्दु महासम्मेलनको पूर्वराजाले उद्घाटन गर्ने

काठमाडौं, कार्तिक ४ । विश्व हिन्दु महासंघको अन्तराष्ट्रिय विराट हिन्दु महासम्मेलन आजबाट सुरु हुँदैछ । राजधानीको गौसलास्थित बनकालीमा हुने सो सम्मेलनको आज पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गर्ने भएका छन् । सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दु धर्मका विशेषताका बारेमा छलफल गरिने महासंघले जनाएको छ । नेपाल, भारत लगायत मुलुकबाट करिव एक हजार […]

पर्वतमा फेरि मुलुककै अग्लो झोलुङ्गे पुल निर्माण

पर्वत, कात्तिक ४ । मुलुककै अग्लो झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरी अग्लो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो वडागाउँ–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेको हो । पुलको झण्डै ९५ प्रतिशत […]

विश्वभरीका हिन्दु काठमाडौं आउँदै…….

हिन्दू अधिराज्य राजनीतिक समितिले ‘विराट हिन्दू सम्मेलन’को सबै तयारी पूरा भएको जनाएको छ । एमालेलाई प्रचण्डको जवाफ- किन यति विघ्न ? समितिले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत तीन दिनसम्म काठमाडौंको पशुपति वनकालीमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र भोलि पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गर्ने जनाएको ह सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म÷विज्ञानको महत्व तथा हिन्दू धर्मका […]

नेपालमा लगानी गर्न चिनियाँ इच्छुक

काठमाडौं – चीनको उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ इच्छुक रहेको बताएका छन् ।   यसका लागि लगानी संरक्षणको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । नेपालको विकास निर्माणमा चीन पर्याप्त सहयोग गर्न तयार रहेको उनले बताए ।   उद्योगमन्त्री नवीन्द्रराज जोसीसँग भएको भेटवार्तामा मन्त्री माओले चीनले गरेको आर्थिक उन्नतिबाट नेपालले […]

Loading...

ताजा समाचार