देश

धुर्मुस सुन्तलीको उद्‍घोष- ‘हामी बनाउँछौं मिनी नेपाल’

काठमाडौं- कलाकार धुर्मुस-सुन्तलीले हिमाल, पहाड र तराईको झल्को दिने गरी ‘मिनी नेपाल’ बनाउने घोषणा गरेका छन्। नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित ‘नागरिक नायक’ सम्मान ग्रहण गरेपछि नागरिक संवादमा उनीहरुले यस्तो घोषणा गरेका हुन्। भूकम्प पीडित र तराईका विपन्न मुसहरका लागि एकीकृत बस्ती निर्माण गरेर चर्चा कमाएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ […]

हामी अझै भूकम्पको जोखिममै

१२ वैशाख ०७२ दिउँसो ११ बजेर ५६ मिनेट जाँदा अचानक जमिन हल्लिन थाल्यो । घरहरू भत्किन थाले । सांस्कृतिक धरोहरहरू ध्वस्त भए । काठमाडौंको केन्द्रमा निर्धक्क उभिएको धरहरा छिनभरमै सतहमा मिल्यो । वसन्तपुरको सुन्दरता केही सेकेन्डमै उजाडियो । सुन्दर गाउँ, बस्ती शोकमा डुबे । करिब साढे आठ हजार जनाको ज्यान गयो । घर भत्किनु र आफन्त गुमाउनुको पीडाले धेरैलाई आजसम्म आहत तुल्याएको […]

रमजान महिनामा चुनाव नगर्न मुस्लिम समुदायको आग्रह

बाँके, बैशाख १० – दुई चरणमा स्थानीय तहको चुनाव गर्ने क्रममा जेठ ३१ गते दोश्रो चरणको मतदान गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न मुस्लिम समुदायले आग्रह गरेका छन् । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको सहमतिका आधारमा दुई चरणमा चुनाव गर्ने निर्णय गरेको थियो । दोस्रो चरणमा चुनाव गरिने भनेको जेठ ३१ गते आफूहरुको पवित्र महिना रमजान […]

आइजिपीले थाले कारबाही, घुस खाने हेडक्वाटरका २ प्रहरी निलम्वित

प्रहरी प्रधान कार्यालयमा कार्यरत २ जना प्रहरी घुस लिएको आरोपमा निलम्वनमा परेका छन्। चालचलन शाखामा कार्यरत प्रहरी हवल्दार शिवराज सिलवाल र प्रहरी जवान नगेन्द्रप्रसाद रिजाललाई आइजिपी प्रकाश अर्यालले निलम्बन गरेका हुन्। उनीहरुले प्रहरी रिपोर्ट लिन आएका व्यक्तिहरुसँग रकम उठाउने गरेको आइजिपीको सचिवालयले जनाएको छ। ‘प्रहरी रिपोर्ट बनाउन आएकाहरुलाई छिटो, छरितो रिपोर्ट बनाइदिन्छु भन्दै उनीहरुले रकम […]

मोदी सरकारको कारण आफ्नै पिशाव पिउन बाध्य छन् किसानहरु, यस्तो छ वास्तविकता

भारतको राजधानी नयाँ दिल्लीमा विगत ३८ दिनदेखि तमिलनाडुका किसान धर्नारत छन् । उनीहरुले सरकारको ध्यान केन्द्रीत गर्न विभिन्न किसिमका आन्दोलन गरिसकेका छन् । यसैबीच धर्नामा बसेका किसानहरुले मोदी सरकारले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै शनिबार आफ्नै पिशाव पिएर विरोध जनाएका छन् । उनीहरुले नरेन्द्र मोदीको सरकारले आफ्नो माग सुनुवाइ नगरेको भन्दै आफ्नै पिशाव पिएका हुन् […]

सडकमा थरीथरी अनियमितता : काम नभएका सडकको पनि रकम भुक्तानी

नियमअनुसार कुनै पनि निर्माणकार्यको भुक्तानी नापजाँचका आधारमा दिनुपर्छ । तर, एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको सडकदेखि स्थानीय स्रोतमा निर्माण भइरहेका सडकसम्ममा वास्तविक नापजाँचविना नै भुक्तानी गरेको भेट्टाइएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले यस्तो देखाएको हो । त्यसरी नापजाँच नै नगरी भुक्तानी गर्नेमा डिभिजन सडक कार्यालय, काठमाडौं नम्बर १ र दाङले दुई निर्माण व्यवसायीलाई […]

महानगरले १० वटा धुलो तान्ने ब्रुमर किन्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले राजधानीको धूलो तान्नका लागि१० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले ब्रुमर खरिदका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सहमति दिइसकेको छ । महानगरपालिकाले नौ करोड रुपैयाँको स्टमेट मन्त्रालयलाई बुझाएपछि अर्थले सहमति दिएको हो । हाल सरकारसँग रहेका चार वटा ब्रुमरमध्ये दुई वटा थन्किएर बसेका छन् । […]

काठमाडौंको बाटो झाडुले बडार्न नसक्ने भएपछि १० वटा ब्रुमर किन्ने तयारीमा महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले राजधानीको धूलो तान्नका लागि१० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले ब्रुमर खरिदका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सहमति दिइसकेको छ । महानगरपालिकाले नौ करोड रुपैयाँको स्टमेट मन्त्रालयलाई बुझाएपछि अर्थले सहमति दिएको हो । आजको अन्न्पूर्ण पोस्टमा खबर छ । हाल सरकारसँग रहेका चार वटा ब्रुमरमध्ये […]

भारतीय दबाबले सैन्य अभ्यास खुम्चियो: चीन

भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण […]

आईजीपी ‘एक्सन’मा उत्रिए, शक्ति देखाउने प्रहरीलाई दिए यस्तो निर्देशन

काठमाडौं, ८ वैशाख । नेपाल प्रहरीले काजमा बसेका सबै कर्मचारीलाई १५ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । निर्वाचनलाई ध्यान दिँदै प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो । राजधानी दैनिकले समाचार छापेको छ । प्रहरी प्रधान कार्यालयको यो निर्देशनसँगै शक्तिको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बसेकाहरु प्रत्यक्ष प्रभावित हुनेछन् । […]