प्रवास

कतारमा एक नेपालीको मृत्यु

फागुन ९, २०७३ राजविराज : वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ। जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदार कोठामा सुतेको अवस्थामा मृत भेटिएका हुन्। एक वर्षअघि कतार गएका उनको मृत्युको कारण खुल्न नसकेको पारिवारले बताएको छ। टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौंबाट रोजगारीका लागि कतार गएका सरदार मिस्त्रीको काम गर्थे। […]

कुवेतमा लागूऔषध कारोबारको आरोपमा पाँच जना नेपालीलाई मृत्युदण्ड

काठमाडौँ, ९ फागुन – कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो । उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई […]

जापानमा सम्झियो नेपाली सहिद

प्रकाश पन्थी टोकियो (जापान),- राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औँं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप सहिद भएकाहरूको स्मरण गर्दै पञ्चायती राणाशासन विरुद्धको आन्दोलनले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न आग्रह गरेका हुन् […]

नेपालमा बनेको टपरी अमेरिकी बजारमा जमाउँदै

नेपालमा खासै महत्व नपाएको सालको पातबाट बन्ने टपरीले अमेरिकामा भने बजार तताईरहेको छ । वातावरण प्रदुषणमा कमी ल्याउन अमेरिकामा यसको प्रयोग बढिरहेको छ । प्लास्टिक र कागजका उत्पादनलाई बिस्थापित गर्दै नेपालको टपरीले अमेरिकाको बजारमा कब्जा जमाउन थालेको छ । लिफप्लेट्स इनिसियटिभ्सको अगुवाई गरिरहेका प्रकाश बजगाईसँगको कुराकानी : हिजोआज के मा ब्यस्त हुनुहुन्छ ? हाल म […]

जापान पुगेका उद्योग मन्त्रीको आह्वान : देश विकासमा जापानमा रहेका नेपालीहरुको योगदान

जापान । उद्योग मन्त्री नविन्द्रराज जोशीले जापानमा रहेका नेपालीहरुलाई देश विकासमा योगदान गर्न आह्वान गरेका छन् । ६७ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली दुतावास जापानले टोकियोमा आयोजना गरेको विशेष समारोहमा सम्बोधन गर्दै मन्त्री जोशीले नेपाललाई विकसीत बनाउनका लागि अब प्रवासमा रहेका नेपाली समुदायको सहयोग आवश्यक रहेको बताए । उनले प्रजातन्त्र प्राप्तकिो आन्दोलनमा देशले रगत मागेको […]

दुबईका सडकमा नेपाली झण्डा सहित शिक्षाको लागी यात्रा गर्दै नेपाली समुदाय

‘शिक्षाको लागी यात्रा’ भन्ने नारा सहित  ‘दुबई केयर्सले’ आयोजना गरेको सडक र्यालीमा युएईमा रहेका विभिन्न नेपालीहरुले बाक्लो उपस्थिति जनाएका छन्। दुबईको क्रिक पार्कबाट बिहान ८ बजेदेखि सुरुभएको तीन किलोमीटर सडक र्यालीमा ‘नेपाली समुदाय युएई’ संगै विवेकशिल नेपाली दल युएई, उदयपुर सेवा समाज युएई,नेपाली कलाकार समुह युएई साथै नेपालको व्यावसायिक निजि ‘बैंक’ प्रभु बैंकले संयुक्तरुपमा सहभागीता […]

कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट

कोरियाको योंङ्गिन प्रहरीले यहाँ रहेका प्रवासीको सहयोगको निमित्त छुट्टै वेव साइट खडा गरेको छ lआप्रवासी कामदारको संख्या बढेसंगै उनीहरुका समस्या र गुनासा हरुलाई  मध्यनजर गर्दै यस्तो खालको सामुदायिक वेव साइट स्थापना गरिएको योंङ्गिन दोंबु प्रहरीले जनाएको छ l “यसले एउटा विदशी सहायता केन्द्रको रुपमा काम गर्ने छ”   दोंग्बू  प्रहरी अधिकारि ली हान सु  ले बताए […]

मलेसियामा नेपालीलाई मालिकले नै बोकाउँछन् ड्रग्सको झोला ! १४ नेपाली मृत्युदण्डको मुखमा

क्वालालम्पुर–वैदेशिक राजेगारीको सिलसिलामा मलेसियामा पुगेका नेपालीरु अनाहकमा त्यहाँको जेलमा बस्न बाध्य हुनुपरेको पाइएको छ । मलेसियाका लागि नेपाली राजदूत निरञ्जन बस्न्यातले मलेसियाको विभिन्न जेलमा ५ सयको हाराहारीमा नेपाली रहेको आफूलाई जानकारी प्राप्त भएको बताए । क्वाललाम्पुरस्थित दूतबासमा सीमित सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राजदूत बस्न्यातले भने, ‘म यहाँ राजदूत भएर आउँदा ९ सय ७५ जना जेलमा हुनुहुन्थ्यो, […]

कतारमा ८० नेपाली कामदार अलपत्र

कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् । कम्पनी सञ्चालक सम्र्पकविहीन भएपछि ती कामदारले चार महिनादेखि तलबसमेत पाएका छैनन् । गत डिसेम्बर २८ देखि काम बन्द भएपछि उनीहरू सनैया–४१ स्थित लेवर क्याम्प बस्दै आएका छन् । ‘ अक्टोबर देखिनै […]

हायल सेन्टर जेलबाट प्रधानमन्त्रीलाई पत्र:‘बाचेर नेपाल फर्केर छोराछोरी हेर्न पाउँ मलाई त्यहीं भए पुग्छ’

सम्मान्निय प्रधानमन्त्री ज्यु, नमस्कार ! म एउटा समान्य कुल्ली हाल साउदिको हायल सेन्टर जेलबाट ! प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन्न तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु । हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले […]


Loading...

Loading...

ताजा समाचार