प्रवास

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति ‘सी’ भेट आज

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् । दाहालले ग्रेट हल अफ दि पिपुलमा सीसँग भेट्ने कार्यक्रम रहेको जानकारी उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । सीसँगको भेटलाई दाहालले विशेष महत्व दिएका छन् । निकटस्थका अनुसार दाहालले आफूले नयाँदिल्लीलाई नजिक राखेको र चीनसँग दूरी बढाएको भन्ने […]

‘दैनिक ८ सय नेपाली विदेश जान्छन्, चार जनाको शव आउँछ’

काठमाडौं, चैत १४ । वैदेशिक रोजगारीका लागि दैनिक सातसय देखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन् । उनका अनुसार आर्थिक वर्ष २०७१/०७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक १५ सय नेपाली जाने गरे […]

जापानका रहेका नेपालीले गरे शहिद गौतम परिवारलाई आर्थिक सहयोग कसले कति दिए(विवरण सहित)

टोकियो – नेपाल भारत सिमा लडाईका क्रममा कञ्चनपुरमा भारतीय फौजको गोली प्रहारबाट शहीद हुनुभएका गोविन्द गौतम परिवारको लागि जापानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । शहीद गोविन्द गौतम परिवार सहयोग संकलन अभियानले शहिद गोविन्द गौतम परिवारको लागि ७० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको हो । गोकर्ण अधिकारीलेले १० हजार जापानी येनको कोष […]

अनौपचारिक पोशाकमा प्रचण्ड र सीता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सातालामो चीन भ्रमणका क्रममा शनिबार बेइजिङ पुगेका छन् । सोमबार चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गर्ने तयारी भएको छ । आइतबार भने प्रधानमन्त्री प्रचण्डले बेइजिङका विभिन्न स्थानको भ्रमण गरेका छन् । आइतबार प्रधानमन्त्री पत्नी सीता दाहालले फेसबुक मार्फत् सार्वजनिक गरेको अनौपचारिक पोशाकमा खिँचिएको तस्बिर । अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।

नेपालद्वारा फिलिपिन्स पराजित नेपालद्वारा फिलिपिन्स पराजित

पाँचौ एसियन आप्रवासी फुटवल लिग चैत्र १३, २०७३- पाँचौ एसियन आप्रवासी  फुटवल लिगमा नेपालले फिलिपिन्सलाई २–० पराजित गरेको छ । कतार फुटवल एशोसियसनद्धारा आयोजित खेलको ७ औ मिनेटमा अर्जुन सुब्बा र ४५ औं मिनेटमा भक्त भण्डारीले गोल गरेका थिए ।  खेल अबधीभर बल नेपाली खेलाडीको  बर्चस्वमा थियो ।  यो खेलमा नेपालले जापान  र मलेसियासँग भन्दा […]

बेइजिङमा व्यस्त प्रचण्ड-आज उच्च नेता र व्यापारीसँग भेटदेखि सम्बोधनसम्म

बेइजिङ, चैत १३ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आइतबार पनि व्यस्त रहने भएका छन् । आइतबार विहानैदेखि चिनियाँ उच्च अधिकारीसँग भेटघाटमा रहेका प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटी परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी विश्वविद्यालयले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा […]

युएईबाट घर जान झोला बोकेर दूतावास पुगेका १७ नेपाली काममा फर्किए

युएई, चैत १३ – युएईको आबुधावीमा रहेको नेपाली दूतावासको शरणमा पुगेका १७ जना नेपाली कामदार कम्पनीमा फर्किएका छन । दूतावासको समन्वयमा १० दिन भित्रमा कम्पनीले कामदारको समस्या समाधान गर्ने प्रतिबद्दता जनाएपछि उनीहरु काममा फर्किएका हुन् । कम्पनीको आबुधाबीमा रहेको क्याम्पमा फर्किएका उनीहरुलाई कम्पनिले काममा लगाएको छ । कम्पनीले पुरानै स्थानमा काम गर्न इच्छुकलाई पुरानै ठाउँमा […]

ग्रेटवालमा प्रचण्ड (फोटो फिचर)

बेइजिङ, चैत १३ । प्रधानमन्त्री प्रचण्डले संसारको सबैभन्दा ठूलो पर्खाल ग्रेटवालका भ्रमण गरेका छन् । चीन भ्रमणको अवसरमा हेनानमा आयोजित बोआओ सम्मेलनलाई सम्बोधन गरेपछि शनिबार बेइजिङ फर्केका प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ग्रेटवाल पुगेका हुन । प्रचण्डसँग परराष्ट्रमन्त्री प्रकाश शरण महत, नेपाली दूतावासका पदाधिकारीलगायत रहेका थिए । हेर्नुस् तस्वीरमा तस्वीर– एभरेष्टदैनिकडटकम (कपीराइट)

‘ओबर सम्मेलनअगावै नेपालको हस्ताक्षर’

चैत्र १३, २०७३- चीनको हैनानमा आयोजित बोआओ शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बेइजिङ आइपुगेका छन् । यहाँ आएलगत्तै नेपाली दूतावासको अन्तक्र्रिया कार्यक्रममा भाग लिएका प्रधानमन्त्री दाहालसँग शनिबार साँझ कान्तिपुरका चेतनाथ आचार्यले गरेको संक्षिप्त कुराकानी : तपाईंको चीन भ्रमणका मुख्य एजेन्डा र उद्देश्य के–के हुन् ? समग्रमा मैले यो भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई […]

बेइजिङमा के–के छन् प्रधानमन्त्रीको कार्यक्रम ?

काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर उनी नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो । प्रधानमन्त्रीले आइतबार चीनका उपप्रधानमन्त्री वाङ याङसँग र सोमबार राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको छ । नेपाली दूतावास बेइजिङ स्रोतका अनुसार प्रधानमन्त्री […]


ताजा समाचार