प्रवास

युकेमा सडक दुघर्टनामा पैदल हिँडिरहेकी नेपाली महिलाको निधन

लण्डन । युकेको वोकिङमा शुक्रबार राति भएको सडक दुर्घटनामा एक नेपाली महिलाको निधन भएको छ । बेलायतको स्थानीय समयअनुसार राति करिब ८.४५ बजे वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो । स्थानीय सर्रे प्रहरीले सोको पुष्टी गरेको छ । आर्नोल्ड रोडको जंक्सन नजिकै भएको सो दुर्घटनामा सेतो […]

कुबेतमा १५०० बोतल रक्सी सँगै ७ नेपाली पक्राउ

कुवेत – कुवेतमा रक्सीको कारखाना खोली अबैध धन्दा गर्ने सात नेपाली पक्राऊ परेका छन् । कुवेतको यारमुक भन्ने स्थानमा प्रहरीले छापामारी सात जनालाई पक्राऊ गरेको हो भने पक्राउ परेका सातै जना नेपाली रहेको खुलेको छ । प्रहरीले उनीहरुका साथबाट १५०० बोतल रक्सी, ड्रममा राखिएको रक्सी बनाउने कच्चा पदार्थ बरामद गरेको छ । पक्राउ पर्ने सात […]

लेवनान अध्यागमनद्वारा अधिकारकर्मी सुशिला रानालाई देश निकाला

काठमाडौं, मंसिर २६ – लेवनान अध्यागमले महिला अधिकारकर्मी सुशिला (सुजना) रानालाई ‘डिपोट’ गरेको छ । नारी ग्रुप लेवनानकी अध्यक्ष समेत रहेकी रानालाई १० दिनअघि अध्यागमन प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । देश निकाला गर्न प्रहरीले हिजो साँझ रानालाई विमानस्थल पुर्‍याएको थियो । उहाँ आइतबार दिउँसो नेपाल आइपुग्नुहुनेछ । अवैधानिक नेपाली महिलालाई सघाएको र घरेलु […]

कुबेतमा सात नेपालीले गरे शिर झुकाउने काम ४ महिला र ३ पुरुष पक्राउ परेपछि….

कुवेत । कुवेतमा रक्सीको कारखाना खोलेर अबैध धन्दा गर्ने सात नेपाली पक्राउ परेका छन् । कुवेतको यारमुक भन्ने स्थानमा प्रहरीले छापामारी सात जना नेपालीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूका साथबाट १ हजार ५ सय बोतल रक्सी, ड्रममा राखिएको रक्सी बनाउने कच्चा पदार्थ बरामद गरेको छ । पक्राउ पर्ने सात जनामध्ये ४ जना महिला र ३ […]

सुदुर पश्चिम समाज कतारको दोस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा शाही

कुमार “अविरल” पन्थी | मङ्सिर २६, कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना“ भन्ने मूल नाराका साथ स्थापना कालदेखि विशुद्ध सामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ सम्पन्न […]

लण्डनमा भएको दुर्घटनाले नेपाली महिलाको ज्यान लियो

लण्डनको बोकिङमा गएराती भएको सडक दुर्घटनामा ४९ वर्षिया नेपाली राधिका गुरुङको निधन भएको हाे। लण्डनस्थित आर्नाेल रोडमा बाटोमा हिँडिरहेकी गुरुङलाइ अर्काे गाडीसँग ठाेकिएर अाएको गाडीले हान्दा निधन भएको प्रहरीले बताएकाे छ। दुइवटा गाडी ठोकिँदा एउटागाडीले बाटोमा हिँडिरहेकी गुरुङ हान्न पुगेको थियो।’  ८.४५ बजे वोकिङको मोनुमेण्ट रोडमा भएको स्थानिय प्रहरीले बताएको छ। गुरुङ सातौ गोरर्खा राइफल्सका […]

अमेरिकामा फेरि अर्का नेपालीको निधन`

मंसिर २४ । अमेरिकाको ओक्लाहोमामा तनहुंका हरिबिनोद पौडेलको निधन भएको छ । ५९ वर्षिय पौडेलको क्यान्सरको उपचारको सिलसिलामा निधन भएको हो । लामो समय शिक्षण पेशामा संलग्न भएर विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । स्वर्गीय पौडेलका पत्नी, एक छोरा र चार छोरी छन् । छोरा र तीन छोरी अमेरिकामा छन् भने एक […]

अझै रोकिएन मलेसिया जाने कामदारमाथिको ठगी

काठमाडौं: मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर(ओएससी), आइएससीलगायत संस्थाको काम कारबाही तत्काल रोक्न संसदीय समितिले दिएको निर्देशन दुई हप्ता बित्दा समेत कार्यान्वयन हुन सकेको छैन । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको गत मङ्सिर ९ गते बसेकोे बैठकले ती सङ्स्थाको गतिविधि अवैधानिक भएको ठहर गर्दै […]

कोरियाबाट बैकं मार्फत एक नेपालीले साढे ७ हजार रुपैया मात्र नेपाल पठाउछन्

रोजगारीका लागि कोरिया गएकाहरूको औसत कमाइ मासिक डेढ लाख रहे पनि करिब साढे ७ हजार रुपैयाँ मात्रै वैधानिक माध्यमबाट नेपाल भित्रिने गरेको भटिएको छ । गत आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको रकम बैंक वित्तीय संस्था र अनुमति प्राप्त रेमिट्यान्स कम्पनीमार्फत भित्रिएको देखिन्छ । हालसम्म रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत करिब […]

जापानमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई नौ लाख सहयोग

वालिङ, २३ मङ्सिर – रोजगारीको सिलसिलामा जापानमा ज्यान गुमाएका युवकको परिवारलाई स्याङ्जा सहयोग समाज जापानले आर्थिक सहयोग गरेको छ । संस्थाले स्याङ्जाको अर्जुनचौपारी–९ केवरेका दीपक केसीकी आमा कौशिला केसीलाई बुधबार रु आठ लाख ९० हजार सहयोग गरेको हो। “रोजगारीका लागि केसी जापान पुग्नुभएको ६ महिनामै निधन भएपछि हामी स्याङ्जावासीलाई दुःखी बनायो”, स्याङ्जा जापान सहयोग समाजका […]


ताजा समाचार