प‌र्यटन

पारदर्शी प्लास्टिकले बनाइएका ‘बबल्स होटेल’ (फोटोफिचर)

एजेन्सी: आफ्नो जीवनसाथीलाई संसारकै सबै खुशी दिने प्रत्येक व्यक्तिको सपना हुन्छ। यसको लागि उसले जीवन संगिनीसँग विभिन्‍न ठाउँमा घुम्‍न चाहन्छन्। उनीसँगै खुल्ला आकाशमा गफगाफ गर्दै रात बिताउने इच्छा राखेको हुन्छ। तर सबैको यो सपना चाहेर पनि पूरा हुन सक्दैन। पर्यटक यात्रीहरुलाई ध्यानमा राखेर फ्रान्सको ‘होटेल बबल्स’ले उसको उक्त इच्छा पूरा गरिदिने भएको छ। सन् २०१० […]

गाउँ पर्यटनसम्बन्धी पत्रकारिता पुरस्कार स्थापना

पोखरा, ४ फागुन,  पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल  पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालाई  सम्मान गर्ने भएको छ ।  गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवद्र्धनमा योगदान पु¥याएका स्याङजा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका […]

प्रतिकूल मौसममा पनि स्पेनका नागरिक जोनको सफल सगरमाथा आरोहण

सोलुखुम्बु, ४ फागुन – भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन्। उनी मङ्गलबार सगरमाथाको शिखर पुगेका हुन्। प्रेम दिवसका अवसरमा श्रीमान्/श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा गएका […]

थारु पोसाकमा-पर्यटक

चितवनको सौराहामा सोमबार खाना महोत्सवमा थारु पोसाकमा सजिएका पर्यटक । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

नेपालका नयाँ १० शहर मध्ये पाटनको पहिचान प्राकृतिक सौन्दर्यता

बैतडी, फागुन १ । नेपालका नयाँ १० शहर मध्ये बैतडीको पाटनलाई प्राकृतिक रुपमा धनि शहरका रुपमा अघी बढाउने निर्णयअनुसार अहिले काम भइरहेको छ ।   प्राकृतीक रुपले भरीपुर्ण पाटन पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र भएकाले यसको काम अघि बढेको भवन डिभिजन कार्यालयका प्रमुख प्रविन शाहले बताउनु भयो ।   अहिले पाटनमा मुख्य शहरको रिंगरोडका […]

सौराहा घुम्‍ने पर्यटकलाई ३० प्रतिशतसम्म छुट

रत्ननगर (चितवन): सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । उनीहरुले खान बस्नमा १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । मुख्यगरी खाना महोत्सवलाई लक्षित गरेर आएका पर्यटकलाई सहज होस् भन्ने हेतुले छुटको घोषणा गरेको […]

अफ सिजनमा पनि सुनसान रहेन अन्नपूर्ण पदमार्ग

पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन ।अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै आएको पाइएको छ । तथ्याङ्कअनुसार […]

सार्क राष्ट्रमै नमुना घलेगाउँमा पर्यटकलाई १२ बुँदे आचारसंहिता

लमजुङ, माघ २४ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको छ । आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ । पर्यटकले स्थानीय […]

हवाई सङ्ग्रहालयको इतिहास रच्दै पाइलट वेद उप्रेती

सिबी अधिकारी,   काठमाडौँ, २२ माघ,   “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो ।” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो । सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको […]

विभिन्न देवीदेवताका आकृतिसहितको नयाँ गुफा भेटियो

फलेवास (पर्वत) २१ माघ, पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ चुवामा हालै नयाँ गुफा फेला परेको छ । चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै हालै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ । बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीयवासी मुगा पोखरेलले बताए । झन्डै ३०० मिटर लामो उक्त गुफाभित्र विभिन्न देवीदेवताका […]


Loading...

Loading...

ताजा समाचार