प‌र्यटन

अफ सिजनमा पनि सुनसान रहेन अन्नपूर्ण पदमार्ग

पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन ।अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै आएको पाइएको छ । तथ्याङ्कअनुसार […]

सार्क राष्ट्रमै नमुना घलेगाउँमा पर्यटकलाई १२ बुँदे आचारसंहिता

लमजुङ, माघ २४ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको छ । आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ । पर्यटकले स्थानीय […]

हवाई सङ्ग्रहालयको इतिहास रच्दै पाइलट वेद उप्रेती

सिबी अधिकारी,   काठमाडौँ, २२ माघ,   “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो ।” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो । सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको […]

विभिन्न देवीदेवताका आकृतिसहितको नयाँ गुफा भेटियो

फलेवास (पर्वत) २१ माघ, पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ चुवामा हालै नयाँ गुफा फेला परेको छ । चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै हालै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ । बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीयवासी मुगा पोखरेलले बताए । झन्डै ३०० मिटर लामो उक्त गुफाभित्र विभिन्न देवीदेवताका […]

उद्धार बेवास्ता’ले पर्यटकको मृत्यु

काठमाडौं – सगरमाथा आधारशिविर जाने क्रममा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनीयाँ पर्यटक ५१ बर्षीय जाइन वेनको उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाई गरेका कारण मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ । सगरमाथा आधारशिविर पदयात्रा मार्गमा पर्ने ५,७०० मिटर उचाइको गोरक्षेप क्षेत्रमा लेक लागेर बिरामी परेपछि नेपाली सहयोगी प्रताप तामाङले मगाएको हेलिकोप्टर पुग्न ढिला भएकाले उनको […]

सोलुखुम्बुमा लेक लागेर चिनियाँ पर्यटकको मृत्यु

सोलुखुम्बुः सोलुखुम्बुको खुम्जुङमा लेक लागेर एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ । सगरमाथाको आधार शिविर जाने क्रममा खुम्जुङ-७ गोरसेपमा चिनियाँ नागरिकलाई लेक लागेको थियो । लेक लागेपछि ५१ वर्षीय चिनियाँ नागरिक जाइन वेनको लुक्लास्थित पासाङ ल्हामु अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । उनको पोस्टमार्टमका लाग शिक्षण अस्पतालकाठमाडौ पठाइएको […]

घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ

बाबियाचौर (म्याग्दी), १६ माघ । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका स्थानीय होटल व्यवसायी टेकसर […]

‘तातोपानीमा कुण्डलाई विश्वका पर्यटकको केन्द्र बनाउनुपर्छ’

प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा विश्वभरका पर्यटकलाई आर्कषित गर्ने गरी प्रचारप्रसार गर्नुपर्ने बिहिबार सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका सहभागिले बताएका छन् । स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा लाखौ खर्चिएर समेत निको नभएका विरामीको रोजाईमा समेत तातोपानी पर्न थालेको कुण्डको पुर्वाधार विस्तार संगै प्रचारप्रसारमा राज्यका निकायबाट सहयोग आवश्यकता रहेको बताउँदै अन्र्तराष्ट्रियस्तरमा समेत […]

पेखरामा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

कास्की । प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा एक विदेशी नागरिकको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदारीमा खस्दा बेलायती नागरिकको मृत्यु भएको हो । अन्दाजी ३५ वर्षीय मिचेल पेटरको मृत्यु भएको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर २ मा पनि पर्यटकका लागि होमस्टे

वीरगन्ज, ६ माघ । देशमा पुनः प्रादेशिक सीमाङ्कनको बहस चलिरहेको बेला प्रदेश नम्बर २ अन्तर्गत पर्साको ग्रामीण बस्ती सुवर्णपुर गाविसका स्थानीयवासीले भने आफ्नो ठाउँलाई आर्थिक समृद्धितर्फ डो¥याउन होमस्टे निर्माण गरी आन्तरिक पर्यटकलाई आफूतिर तान्न थालेका छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण पर्सा वन्यजन्तु आरक्ष घुम्न आउने आन्तरिक पर्यटकका लागि आरक्षभित्र रहेका चित्तल, बँदेल, मयूर जस्ता जनावर […]

Loading...

ताजा समाचार