शिक्षा

आजदेखि सुरु भएको एसइई परीक्षामा नौ बोरा चिट बरामद

गौशाला । देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ। परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट बरामद भएको छ। परीक्षा केन्द्रको […]

अहिले १० कक्षाको परीक्षा दिएका विद्यार्थीले फेरि एसएलसी दिनुपर्छ ?

यसवर्षको माध्यमिक शिक्षा परीक्षा बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका […]

८२ बर्ष पछि एसएलसी ‘आउट’, नयाँ माध्यमिक परीक्षा एसइई आजदेखि सुरू

भक्तपुर। देशभर आज बिहीबार बिहान ८ बजेदेखि एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरू भएको छ। ८२ वर्षदेखि हुँदै आएको प्रवेशीका परीक्षा (एसएलसी) को नाम अब इतिहासमा रहने भएको छ। विसं. १९९० सालमा पहिलो पटक कक्षा १० उत्तृण गरेपछि प्रवेशीका परीक्षा (एसएलसी) दिने चलन सुरू भएको थियो। संशोधित शिक्षा ऐनअनुसार […]

एकै महिना सात हजारभन्दा बढीले लगे नो अब्जेक्सन लेटर

काठमाडौं/विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति तथा व्यवस्थापन शाखाका अनुसार फागुनमा सात हजार दुई सय ९२ विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका हुन् । यीमध्ये आधाभन्दा बढी जापानमा भाषा […]

कहिले र कहाँ हुँदैछ राष्ट्र बैंकको ‘सहायक निर्देशक’को परीक्षा ?

नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदका लागि दरखास्त दिनेहरुको परीक्षा बैशाख ९ गते विहान ८ बजे हुने भएको छ । परीक्षाको प्रवेशपत्र चैत्र १ गतेदेखि राष्ट्र बैंकअन्तर्गत जनशक्ति व्यवस्थापन विभागबाट वितरण भइरहेको छ । राष्ट्र बैंकले गत पुस १७ गते सार्वजनिक विज्ञापनमार्फत १० जना सहायक निर्देशक (अधिकृत तृतीय) माग गरेको थियो ।

एसएलसीको सट्टा पहिलो पटक बिहीबारदेखि एसइई (तालिकासहित)

काठमाडौं : विद्यालय तहको संरचना परिवर्तन भएपछि शिक्षा मन्त्रालयले पहिलो पटक बिहीबारदेखि सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसइई) को नामबाट कक्षा दशको परीक्षा सञ्चालन गर्न लागेको छ। विगतका वर्षहरुमा सञ्चालन हुँदै आएको प्रवेशिका (एसएलसी) परीक्षाको परिवर्तित नाममा एसइई सञ्चालन हुन लागेको हो। गत वर्षसम्म सञ्चालन हुँदै आएको एसएलसी र बिहीबारदेखि सञ्चालन हुन लागेको एसइइको नाम भिन्न रहेपनि […]

भाेलीबाट हुने माध्यमिक परीक्षाको लागि ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे महात्मा रहेका सम्पुर्ण प्रमुख हरुलाई यस बर्षकाे परीक्षा मर्यादित बनाउन निर्देशन दिदै

रबिन्द्र बराल रंगेली ,माेरङ यस बर्षकाे माध्यमिक परीक्षा भाेली चैत्र ३ गतेदेखि सन्चाल हुदै छ । ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे महात्मा रहेका सम्पुर्ण प्रमुख हरुलाई यस बर्षकाे परीक्षा मर्यादित बनाउन निर्देशन दिदै अाफ्नाे क्षेत्रमा कुनै किसिमको हाे हल्ला चिठ पुर्‍याउने जाे सुकै ब्यक्ति लाई अाफुले कार्बाहि गर्ने इलाका प्रहरी कार्यलयका प्रमुख सन्जिब बाबू […]

धुर्मुस-सुन्तलीकै प्रेरणाले मुसहरका बालबालिका विद्यालय जान थाले

गौशाला, २ चैत, हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस–सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन् […]

सिरहामा ११ हजार विद्यार्थीले परीक्षा दिँदै

चैत २, २०७३ सिरहा : बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा सिरहाका १० हजार ९ सय ७१  विद्यार्थीले परीक्षा दिँदैदैछन्। एक सय २८ सामुदायिक र ५४ संस्थागत विद्यालयका गरी नियमिततर्फ ९ हजार २७, एक्जाम्टेडतर्फ  ६ सय ८ र आंशिकतर्फ एक हजार तीन सय ३६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्। लहानस्थित पशुपति आदर्श माविबाट ४९ […]

त्रिविविभित्रका विसङ्गति तत्काल सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ, चैत २ गते । त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कार्यालय टङ्गालमा  भएको छलफलमा आयोगका पदाधिकारीले विश्वविद्यालयसँग सम्बन्धित गुनासा र विसङ्गति नियन्त्रण एव्म न्यूनीकरण गर्नका लागि व्यवस्थापकीय चुस्तता र शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ लाग्न विश्वविद्यालयलाई निर्देशन दिइएको छ । शैक्षिक उन्नयनमा […]


ताजा समाचार