शिक्षा

कहाँ हराए ८ लाख विद्यार्थी ?

दश वर्षअघि (वि.सं. २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए। तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागिता जनाउँदै छन्। एक दशकको अवधिमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी बीचैमा हराएको सरकारी […]

काभ्रेबाट २ दृष्टिविहीन र ७ कैदीले माध्यमिक शिक्षा परीक्षा दिँदै

पेमा लामा काभ्रे , चैत्र ०१ काभ्रेपलाञ्चोक जिल्लाबाट यस शैक्षिक सत्रमा ८ हजार ६ सय २० जना विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदैछन्। मंगलबार काभ्रेको धुलिखेलमा पत्रकार सम्मेलन गरी जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिम्खडाले ८ हजार ६ सय २० जना परीक्षार्थीका लागि ४० वटा केन्द्र तोकिएको जानकारी दिए। ‘हामीले परीक्षार्थीहरुका […]

काठमाडौँमा बृहत चिनिया शैक्षिक प्रदर्शनी हुँदै

काठमाडौँ, १ चैत, अरनिको समाजले काठमाडौँमा बृहत शैक्षिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । आउँदो शनिवार ललितपुरको पुल्चोकस्थित मदन स्मारक उच्च मा.वि.मा सो प्रदर्शनीको आयोजना गर्न लागिएको अरनिको समाजका प्रथम उपाध्यक्ष डा.मनोजमान श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार चीनको शछुवान प्रान्तका १८ वटा विश्व विद्यालय र महाविद्यालयको सहभागीतामा सो प्रदर्शनीको आयोजना हुन लागेको हो । […]

स्मरणशक्ति बलियो बनाउन…

विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ । रटेर पढ्दा दिमागमा घुस्दैन । त्यसैले हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । निद्रालाई असर पर्ने गरी अध्ययन गर्नु हुँदैन । बिहान चाँडै उठ्न पनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ । एक घन्टा पढ्दा २० मिनेट आराम […]

बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा

काठमाडौँ, चैत १ गते ।  यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते बिहीबार शुरू हुँदैछ ।  परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । यसअघि एसएलसीका रूपमा लिइँदै आएको परीक्षा यस वर्षदेखि माध्यमिक परीक्षाका रूपमा सञ्चालन हुन लागेको हो ।  परीक्षा तालिकाअनुसार चैत ३ […]

अब एसएलसी होइन माध्यामिक शिक्षा परीक्षा (परीक्षा तालिकासहित)

काठमाडौ –यस वर्षको माध्यामिक शिक्षा परीक्षा चैत्र ३ गते विहिबारदेखि सुरु हुने गरी कार्यतालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माध्यामिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परिक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माध्यामिक शिक्षा परिक्षा […]

बन्दका कारण लोकसेवा आयोगको परीक्षा नसर्ने– आयोग

काठमाडौं, फागुन २७ । विप्लव माओवादीले फागुन २८ मा नेपाल बन्दको घोषणा गरेपनि लोकसेवा आयोगको पूर्व निर्धारित राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बाको परीक्षा भने नसर्ने भएको छ । आयोगका सूचना अधिकारी गिताकुमारी होमेगाइले जनाए अनुसार, आयोगको उक्त परीक्षा निर्धारित तालिका अनुसार नै सञ्चालन हुने छ । “अन्तिममा आएर यस्तो अवस्था देखियो तर हामीले लामो […]

अब कक्षा ११ र ९ मा पनि लेटर ग्रेडिङ

फागुन २६, २०७३ काठमाडौं : शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ। गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन एसएलसी) लेटर ग्रेडिङ सुरु गरेको मन्त्रालयले यस वर्षदेखि कक्षा ११ को नतिजा पनि लेटर ग्रेडिङ पद्धतिमा निकाल्न लागेको हो। मन्त्रालयले यसका लागि आवश्यक कार्यविधि बनाउँदै छ। शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास […]

परीक्षाफल प्रकाशित

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा विसं २०७३ मङ्सिरमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल प्रकाशित गरेकाे छ। केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको जनाइएकाे छ। रासस

क्याम्पसमा ताला लागेपछि चिया पसलबाटै प्रवेशपत्र वितरण

काठमाडौं : सोमबारका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन नसकेपछि राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा ताला लागेको छ। सुरक्षा प्रशासनले क्याम्पस सिलबन्दी गरी क्याम्पस प्रमुख, कर्मचारी, प्राध्यापक र निर्वाचन समितिका सदस्यलाई कलेज प्रवेशमा रोक लगाएको विरोध स्वरुप क्याम्पस प्रमुख निर्मलाकुमारी सुवालले सुरक्षा प्रमुखले माफी नमागेसम्म कलेलका कुनै पनि काम कारबाही नगर्ने […]


ताजा समाचार