पत्रपत्रिका

प्रधानमन्त्री देउवा आज भारत प्रस्थान हुँदै : ६० जना जाँदैछन् भारत

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम छ । देउवाले बिहीबार दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार […]

अब सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा नि:शुल्क

काठमाडौँ– यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुर/शुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेपछि यस्तो व्यवस्था गरिएको हो । यसअघि ‘श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी […]

सप्तकोसीमा उच्च बाँध १५ जिल्ला खतरामा

सुनसरी, धनकुटाका साथै उदयपुरको बेलका नगरपालिकाको सिमानास्थित सप्तकोसीमा २ सय ६९ मिटर अग्लो बाँध निर्माण प्रक्रियासँगै प्रदेश १ मा खतरा हुने भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरिएको छ । सप्तकोसी उच्च बाँध निर्माण प्रक्रिया अघि बढेसँगै सरोकारवालाले सो काम तत्काल बन्द गर्न सरकारसँग आग्रह गरेका हुन् । सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघिको कोसी सम्झौताको पूर्ण पालना […]

बाग्मती सफाइमा बाढीपीडितलाई राहत संकलन

काठमाडौं बाग्मती सफाइ महाअभियानको २२३औं हप्तामा तराईका बाढीपीडितका लागि राहत संकलन गर्ने उद्देश्यले शनिबार नदी महोत्सव विशेष कार्यक्रम गरियो । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब, कुपण्डोलको आयोजना एवं अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एसोसिएसन अफ ¥याप्mिटङ एजेन्सिज र हिमालयन रिभर गाइड एसोसिएसनको सहयोगमा राहत संकलन कार्यक्रम […]

जयनगर-महोत्तरी रेल फागुनदेखि सरर, सिमरासम्म रेल पुग्दै

जनकपुर । जनकपुरसहित समग्र तराई मधेसको आर्थिक विकासको मेरुदण्ड मानिएको नेपालको एकमात्रै रेलसेवा आगामी फागुनदेखि संचालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलापुरासम्म रेलमार्ग पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । रेलमार्ग पुननिर्माण गरिरहेको भारतीय पक्षले फागुनसम्ममा रेलसेवा संचालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको एकमात्र जनकपुर–जयनगर रेलमार्ग पाँचबर्षदेखि पूर्ण रुपमा बन्द थियो […]

काठमाडौँ लगायत मध्य भेगमा अझै वर्षा जारी रहने

काठमाडौँ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले शनिबार देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिक मा खबर छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट विस्तारै सर्दै गरेको र मध्य भेगमा न्यूनचापीय क्षेत्रको विकासले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी […]

रसुवागढी नाकामा पाँच सयभन्दा बढी मालबाहक कण्टेनर अलपत्र

कारोबार मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सयभन्दा बढी मालबाहक कण्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। दशैंका लागि लक्षित गरी व्यापारीले ल्याएका सामानहरू नाकामै अलपत्र परेका हुन्। सरकारले चालु आर्थिक वर्षका लागि गत सालको तुलनामा राजस्व लक्ष्य वृद्धि गरेपछि भन्सारले कारोबार मूल्यमा कडाइ गर्दा […]

मिर्गौला प्रकरणमा मनमोहन अस्पतालका तीन कमजोरी

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको ‘पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकेको घटनामा’मा तीन कमजोरी फेला परेका छन् ।घटनाबारे बिरामी र अस्पताल पक्षबाट परेको उजुरीपछि नेपाल मेडिकल काउन्सिलद्वारा गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा अस्पतालका तीन कमजोरी औंल्याइएको छ । अस्पतालमा नुवाकोटका ३२ बर्से शिवप्रसाद रिमालको २५ जेठमा पत्थरीको शल्यक्रिया गरिएको […]

सुरक्षा निकायको ध्यान बाढीपहिरोमा, तस्करीको ध्यान काठमा

महोत्तरी – सुरक्षा निकायको ध्यान बाढीपहिरोका घटनामा केन्द्रित भएको मौका छोपी काठ तस्कर सक्रिय हुन थालेका छन् । छिमेकी जिल्ला धनुषासम्मका तस्करले महोत्तरीको भूमि काठ ओसारपसारमा प्रयोग गर्न थालेको पाइएको छ । वर्दिवास नपाअन्तर्गत पाटुनजिकको बीपी मार्गमा शनिबार धनुषाको बाहुनमारानजिकबाट आएको ट्रकमा तस्करीको काठ बरामद भएको छ ।

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि

काठमाडौं । जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै पक्राउ गरेको हो। शुक्रबार रमिताले बच्चा जन्माएकी थिइन्। स्थानीयले […]

Loading...