प्रविधि

कैलालीमा टेलिकमको व्यापक लापरबाही

धनगढी । नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाको लापरबाहीका कारण सेवाग्राहीले हैरानी भोग्नु परिरहेको छ । टेलिफोन बिग्रेको महिनौ बित्दा पनि मर्मत नभएपछि अत्तरिया र आसपास क्षेत्रका सेवाग्राहीले हैरानी भोग्नु परेको छ । पटकपटक टेलिफोन लाईन मर्मतका लागि कार्यलयमा जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको सेवाग्राहीले बताएका छन् । टेलिकम अत्तरिया शाखामा एक सय १० टेलिफोन […]

१ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

काठमाडौं – बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ । गएको साउन २९ देखि ३१ गतेसम्म टेलिकमको नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था भएको थियो । जसअनुसार साउन २९ गते १७ लाख ३० […]

गुगलले ल्यायो नेपालीमा बोलेको कुरा पनि आफैं टाइप हुने सेवा

काठमाडौं । गुगलले नेपालीसहित ११९ भाषामा आफैं बोलेको टाइप हुने सेवा उपलब्ध गराउने भएको छ । गुगलले सोमबारदेखि नेपाली भाषामा पनि बोलेका कुरा आफैं टाइप हुने सेवा ल्याएको हो । यसअघि नै यो सेवा अन्य भाषामा उपलब्ध भएको भएपनि नेपालीमा थिएन । यसबाट अब कुनै म्यासेज पठाउन वा फेसबुक, ट्विटर जस्ता सामाजिक संजालमा स्टाटस राख्न […]

नेपाल टेलिकमको एसएमएस सेवा नि:शुल्क

नेपाल टेलिकमले आइतबारदेखि एसएमएस सेवा निःशुल्क उपलब्ध गराएको छ। केही दिनदेखिको वर्षाले उत्पन्न असहज परिस्थितिमा राहत तथा उद्धारको कार्यलाई सघाउ पुगोस् भनेर उक्त सेवा नि:शुल्क दिएको सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। साउन ३१ गतेसम्म देशभर उपलब्ध हुने यो नि:शुल्क सेवाबाट उद्धार, राहत तथा सतर्कतामा सघाउ पुग्ने कम्पनीले विश्वास लिएको छ। यसअघि दूरसंचार […]

एनसेल प्रयोगकर्ताहरुका लागि खुसीको खबर

काठमाडौं – औ एनसेल प्रा. लि. ले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पु¥याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । साथै ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ । कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पु¥याउन मद्दत गर्नका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको छ । सापटी सेवा […]

नेपाल टेलिकमको एसएमएस सेवा निशुल्क

काठमाडौं : नेपाल टेलिकमले देशभरका बाढी–पहिरोको उद्धारमा सूचना आदानप्रदानमा सहजता सिर्जना गर्न आइतबारदेखि लागु हुने गरी एसएमएस सेवा निशुल्क गरेको छ । सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको जानकारी दिए । टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निशुल्क गर्ने […]

टेलिकमका उपहार थप तीन महिनाका लागि

काठमाडौैैँ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न ‘प्रमोसनल अफर’लाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले ल्याएका उपहारलाई उपभोक्ताले अत्यधिक रुचाएकाले तिनलाई निरन्तरता दिइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । सो उपहार आगामी कात्तिक २३ गतेसम्म कायम […]

व्यवसायीसामु झुक्यो आयल निगम, क्षतिपूर्ति बढाइयो

काठमाडौं । तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका ब्यवसायीको मागमा नेपाल आयल निगम लचिलो बनेको छ । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगम स्रोतले जानकारी दियो । सञ्चालक […]

यी हुन् विश्वकै महँगा ५ मोटरसाइकल

काठमाडौँ, साउन २६-विश्वमा धेरै महँगा मोटरसाइकल उत्पादन भएका छन्। मोटरसाइकलको डिजाइन, आवरण, प्रविधि, विशेषता र निर्माण प्रक्रिया अनुसार यिनीहरुको मूल्य निर्धारण हुँदै आएको छ। यस्ता मोटरसाइकल धनी देशका सडकमा पनि विरलै देखिन्छन्। यस्तो महँगा मोटरसाइकल कुन हुन् त? १. इकोस इफ टीआइः ३ करोड ५ लाख रुपैयाँ २.ब्रिटिश क्लासिक ब्ल्याकः ४ करोड ६ लाख रुपैयाँ […]

यस्तो हुनेछ सामसुङले बनाउँदै गरेको ‘आइफोन ८’ को स्क्रिन

दक्षिण कोरियाली कम्पनी सामसुङ एप्पल ‘आइफोन ८’ को स्क्रिन बनाउन धमाधम लागि परेको छ। सामसुङले एकैपटक सातवटा उत्पादन लाइनबाट ‘ओएलइडी’ स्क्रिन बनाउने भएको हो। ‘ओएलइडी’ स्क्रिन आइफोनमा पहिलोपटक राखिन लागिएको यो। यसको पूरा रुप अर्ग्यानिक लाइट इमिटिङ डिओड्स हो। यो ‘ओएलइडी’ स्क्रिनले आफैं प्रकाश दिने भएकाले यसमा ब्याकलाइट जरुरत पर्दैन। ब्याकलाइटका लागि छुट्टै सिस्टम राख्न […]

Loading...