अन्तर्राष्ट्रिय

भारतका १४ औं राष्ट्रपति कोविन्दले लिए सपथ

एजेन्सी । भारतका नवनिर्वाचित राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका हुन् । समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका कोविन्दले ६५ प्रतिशत मत प्राप्त गरी अघिल्लो साता निर्वाचित भएका […]

प्रधानसेनापति क्षेत्री र आसाम राइफल्सका निर्देशकबीच दोक्लाम तनावमाथि छलफल

काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका भारतीय आसाम राइफल्सका निर्देशक लेफ्टिनेन्ट जनरल सोकिन चौहानसँग भेट गरेका छन्। जंगी अड्डामा मंगलबार भएको भेटका क्रममा प्रधानसेनापति क्षेत्री र जनरल चौहानबीच आपसी हित र समसामयिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेनाको निमन्त्रणामा सोमबार नेपाल आएका जनरल चौहान शनिबार स्वदेश फर्कने छन् […]

आइएसआइएस आतंकवादीहरुलाई उनीहरुकै तरिकाले मारिदिएपछि…

एजेन्सी। लिबियाली सैनिकले पक्राउ गरेका आइएसआइएस आतंकवादीहरुलाई उनीहरुकै शैलीमा मारिदिएको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा आइएसआइएस आतंकवादीले बन्दीलाई मार्न प्रयोग गर्ने तरिकाले नै बन्दीहरुलाई मारिएको छ । तर, यहाँ मार्नेहरु लिबियाली सैनिक र मर्नेहरु आइएसआइएस आतंककारीहरु भएको बताइएको छ । आइएसआइएस आतंकवादीहरुले आफूले कब्जा गरेका बन्दीहरुलाई सुन्तला रंगको जम्पसुट लगाइ लाइनमा राखेर गोली हानी […]

भारतीय राष्ट्रपतिको तलब, सेवा–सुविधा कति ?

इन्डियन एक्सप्रेस भारतमा आज रामनाथ कोबिन्दले देशको १४ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । यसै अवसरमा आज हामी तपाईंलाई भारतीय राष्ट्रपतिको तलब र उनले पाउने सेवा सुविधाबारे जानकारी दिँदै छौं । तलबः भारतीय राष्ट्रपतिलाई मासिक १ लाख ५० हजार भारु तलब दिइन्छ । यसलाई पाँच लाख भारुमा बढाउनु पर्ने माग गरिएता पनि प्रधानमन्त्री […]

रुस, इरान र उत्तरकोरियामाथि नाकाबन्दी लाउन आज अमेरिकी संसदमा मतदान हुने

वासिङटन : रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो । त्यसैगरी रुसका बवरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षत्रेमा नाकाबन्दी लगाएको […]

चीनले चन्द्रमामा आलु खेती गर्ने

चिनियाँ वैज्ञानिकहरु चन्द्रमामा आलु खेती गर्ने तयारीमा जुटेका छन् । चीनले आगामी वर्ष चन्द्रमामा एउटा मिसन पठाउन लागेको र यही मिसनले मिनी इकोसिस्टमको मद्दतमा चन्द्रमामा आलु खेतीको प्रयास गर्नेछ । चिनियाँ वेवसाइट चुंगचिंगमा यसबारे रिपोर्ट प्रकाशित भएको उल्लेख गर्दै बिबिसीले चेंगई फर मिसन चन्द्रमामा पठाउने तयारी भइरहेको जनाएको छ । यसबारे प्रष्ट पार्दै चोङकिङ विश्वविद्यालयका […]

अष्ट्रेलियामा कवि नवराजको प्रश्न-आमाको काख किन्नु पर्‍यो भने ?

सिड्नी । सोच तातेताते गराउने बुबाको हात किन्नुपर्‍यो भने ? हा ऽ हा ऽ हा ऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्‍यो भने ? बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने ? दिदीले सुनाउने सुनकेशरी रानीको कथाको पैसा तिर्नुपर्‍यो भने ? मैले त मेरो ईश्वर पनि पर देख्न थाले यस्तो लाग्यो ऊ ईश…वर होइन ईश…पर थियो […]

पाकिस्तानको लाहोरमा आत्मघाती हमला, २६ को मृत्यु,

इस्लामाबाद : पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटनमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४९ जनाभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार स्थानीय समयअनुसार दिउँसो ४ बजेतिर विष्फोटन भएको समाचार दिएका छन् । पञ्जाव प्रान्तको राजधानी लाहोरको एउटा तरकारी बजार नजिकै […]

भुटानमा भारतीयहरुलाई किन दीइदैन नागरिकता ?

५० बर्ष भन्दा बढी समय सम्म आफ्नो देसमा ब्यापार ब्यबसाय गरि बसी सकेका भारतीय नागरिकहरुलाई भुटान सरकारले नागरिकता त टाढाको कुरा पहिचान- पत्र सम्म दिन मानेको छैन । नागरिकता नभए सम्म घर जग्गाको खरिद बिक्रि गर्न पाईदैन । जो जति भारतीयहरु भुटानमा गएर बसे तिनीहरुले आफु बसेको अर्थात भुटान सरकारले दिएको भाडाको घरलाई बार्षिकरुपमा नबिकरण […]

कंग्रेसका ५ सांसद निलम्बित परे

नयाँदिल्ली – लोकसभाकी सभामुख सुमित्रा महानले सोमबार कांग्रेसका ६ सांसदलाई ५ दिनको लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्धासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कांग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी, रञ्जित रञ्जन, सुष्मिता देव र एके राघवनलाई निलम्बित गरेको भारतीय एजेन्सीहरुले जनाएका छन् । एजेन्सी