इलाम, १२ चैत्र । झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामका ६ जनालाई डा. मेघबहादुर पराजुली अस्पताल, सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ ।
त्यसमा इलाम नगरपालिकाका ५ जना र माइजोगमाई गाउँपालिकाका १ जना रहेको प्रशासनले जनाएको छ । सरकारले देशभर लकडाउन गरेपछि मंगलबार एक दिनका लागि भारतबाट आएकाहरूलाइ नेपाल भित्रिन दिएको थियो ।
यसैबीच काठमाडौँमा कोरोना संक्रमित भेटिएकी युवतीसँगैे एयरलाइन्समा आएका यहाँका १ जनालाइ भने चेकजाँच पछि होम क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्