कोरोना भाइरसको कारण विश्वभर विमानहरुलाई पार्किङ समस्या

एजेन्सी, १२ चैत। कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणको कारण विश्वभरका मुख्य वायुसेवा, कम्पनीहरुको विमान उड्न छोडेको छ । विश्वभर उडिरहने सबैजसो विमान अहिले भुँइमामै छन् । विमान उड्न छोडपछि विश्वका अधिकांश स्थानमा विमान पार्किङ अभाव भएको जनाईको छ । पार्किङ महङ्गो हुने हुँदा विमान कम्पनी ठूलो आर्थिक संकटमा परेको छ ।

विमान पार्किङ गर्दा युरोपका मुख्य विमानस्थलहरुमा प्रतिघण्टा २८५ डलर पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । ६० देखि ९० प्रतिशत विश्वका ठूला वायुसेवा कम्पनीका विमानहरु भुँइमा छन् ।