घर फर्किइन् कोरोना सं क्रमित नेपाली महिला भगवती रानाभाट

काठमाडौं, १२ चैत्र । कोरोना भाइरसबाट सं क्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भएकी छिन् । उनी कोरोना सं क्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् ।

बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना सं क्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् ।संक्रमण नलुकाएको भन्दै उनको सर्वत्र प्रशंशा भएको थियो ।

उनी संक्रमणमुक्त भई घरमा आराम लिइरहेको तस्बिर सार्वजनिक भएको छ । सच्ची मैनालीले उनी कोरोना भाइरसको सं क्रमणमुक्त भएको जानकारी दिएकी छिन् ।

रानाभाट दुई हप्ता अस्पताल बसाईंपछि फर्किएकी हुन् ।अस्पतालमा भर्ना भएको १३ दिनसम्म पनि निको नभएको भन्दै भगवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस र तस्बिर राख्दै सबैलाई कोरोनाबाट सावधानी रहन सचेतसमेत गराएकी थिइन् । सामाजिक सञ्जालमा कोरोनाको उपचार गराइरहेको तस्बिर राखेपछि उनलाई संसारभरका नेपालीले स्वास्थ्यलाभको कामना गरेका थिए ।