लकडाउनको अवज्ञा गर्ने २५ वटा माेटरसाईकल रंगेली प्रहरीकाे नियन्त्रणमा

चैत्र १२ बुधबार/रबिन्द्र बराल,नेपाल सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने २५ वटा सवारी साधनलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली दिएको जानकारी अनुसार बुधबार विहान देखि १ बजे सम्म २५ माेटरसाईकल नियन्त्रणमा लिइएको हो ।

रंगेली काे मुख्य चाेक नजिकै मा रहेको ट्राफिक चेक पाेष्टले लक डाउन काे अवज्ञा गरेको भन्दै २५ बटा माेटरसाईकल नियन्त्रणमा लिइएको हाे । उक्त माेटरसाईकल बेलुकी ६ बजे मात्रै फिर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेली प्रहरी निरिक्षक लेखनाथ दाहाल ले बताए ।