देशभित्र यातायात बन्द, भारतीय सीमा नाकाचाहिँ खुल्ला

काठमाडौं । नेपाल सरकारले कोरोनाको जोखिमका कारण लामो दुरीका सवारी साधनको आवगनमा चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाउने घोषणा गरेको छ । तर भारतीय नाकाबाट आवत-जावतमा भने बञ्देज लगाएको छैन ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनमा देशभित्र चल्ने आन्तरिक सवारी साधनका विषयमा यस्तो भनिएको छ, ‘आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’साथै नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि रोकिएको छ ।