लाठी हान्ने प्रहरीलाई कारबाही हुने

काठमाडौं ।लकडाउनमा बाहिर निस्केकालाई लाठी हान्ने प्रहरीलाई कारबाही हुने भएको छ । बुधबार लकडाउनको उल्लङ्घन गर्दै साइकल चलाएर आइरहेका एक युवालाई लाठीले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका दुई हवल्दारमाथि विभागिय कारबाही हुने भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले लाठी हान्ने प्रहरीलाई विभागीय कारबाही गर्ने बताए ।

कोरोना भाइरसको संक्रमण फैलन नदिने भन्दै सरकारले मंगलबारदेखि देशभर साताव्यापी लकडाउन सुरू गरेको थियो । मानिसहरू घरमै बसुन् र संक्रमण फैलिन नपाओस् भनेर सरकारले लक डाउन गरे पनि कति मानिस खाँचो परेर त कति काम नपरी बाहिर निस्केका छन् ।