बिहिबार राती आकाशमा एक्कासी देखियो धूवाँको मुस्लो सहित चम्किलो बस्तु

बिहीबार काठमान्डौ , बिहिबार राती आकाशमा धूवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ । अन्दाजी राती ८ बजेर ९ मिनेट जाँदा आबाज सहित यस्तो दृश्य देखिएको हो । उक्त बस्तु आकाशमा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको जनाइएको छ । आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज पनि आएको गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरका लक्ष्मण थापाले बताए । ‘पहिला माथिबाट अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु गयो, पछि चट्याङ्ग परेजस्तो आजाव आयो’, उनले भने ।

बाग्लुङ्गको रेडियो सारथीका समाचार प्रमुख कमल पौडेलले पनि आकाशमा ठूलो आवाज सहित ज्वाला जस्तो वस्तु गएको बताएका छन् ।स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठानका स्थानियले आकाशमा अचम्मकाे वस्तु देखिएकाे सामाजिक सञ्जालमा लेखेका छन् ।सामाजिक सञ्जालमा आकाशमा उज्यालो हुने गरी देखिएको धुुँवा र आवाजका बारेमा धेरैले लेखेका छन् । अनौठो बस्तुका बारेमा आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन् ।