काठमाडौं, १४ चैत ।कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या इटाली र स्पेनमा झन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ७१२ जना र स्पेनमा ७१८ जना गरी कुल १ हजार ४३० जनाको ज्यान गएको छ ।
पछिल्लो डाटा अनुसार इटालीमा कुल मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ भने स्पेनमा कुल मृतक संख्या ४ हजार ३६५ पुगेको छ । इटालीमा संक्रमितको संख्या पनि बिहीबार मात्र ६ हजार २०३ ले बढेर कुल ८० हजार ५८९ पुगेको वल्र्डो मिटर्स डट इन्फोले जनाएको छ । इटालीमा १० हजार ३६१ जना पूर्ण रूपमा निकाे पनि भइसकेका छन् ।
स्पेनमा पनि एकैदिन ८ हजार २७१ नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ । त्यहाँ ७ हजार १५ जना संक्रमित भने पूर्णरूपमा निकाे भइसकेका छन्
तपाईको प्रतिक्रिया दिनुहोस्