चीनबाट स्वास्थ्य सामग्री शनिवार आइपुग्‍ने

१४ चैत, काठमाडौं । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ ।विमानस्थल भन्सार विभाग स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो ।

औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने विमानस्थल भन्सार विभाग स्रोतले अनलाइनखबरलाई बतायो ।वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको स्रोतले बतायो ।यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो ।