सेती अस्पतालले भन्यो– धनगढीका कोरोना संक्रमितको स्वास्थ्य सामान्य छ

धनगढी : कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएर उपचारमा रहेका धनगढीका एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। शुक्रबार सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले विज्ञप्ती जारी गर्दै संक्रमितको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका हुन्।

उनको उपचारमा कुनै पनि किसिमको कमिकमजोरी नभएको समेत पाण्डेयद्वारा जारी विज्ञप्तीमा भनिएको छ। धनगढीका ३४ बर्षिय पुरुषलाई कोरोना भएको पुष्टि आज मात्रै भएको थियो।