अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका अमेरिकामा तिब्र गतिमा फैलिएको छ । अमेरिकामा मात्र कोरोनाका संक्रमितको संख्या १ लाख नाघेको छ। शुक्रबारसम्म कोरोनाभाइरसको संक्रमण हुनेको संख्या १ लाख ३ हजार ७ सय २९ पुगेको छ ।

त्यस्तै अमेरिकामा नै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ । दुई लाख नेपाली रहेको अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । विश्वभरमा कोरोनाबाट संक्रमित हुने संख्यामा अमेरिका पहिलो नम्बरमा परेको छ ।