कोरोनाका शंकास्पद विरामीको नमूना लिन गएको चिनियाँ विमान नेपालगञ्जमा दुर्घटना

काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ इ जहाज धावनमार्गमा अवतरण गर्नेबेला दूर्घटनामा परेको छ।

तर विमान ठुलो क्षती हुनबाट जोगिएको छ। विमानस्थलका अधिकारीका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको विमान अवतरणका क्रममा समस्या आएर रनवेमा चिप्लिएर घाँसे मैदानमा पुगेको थियो।

घटनामा मानवीय क्षति हुन पाएको छैन्। अहिले उद्दारको काम जारी राखिएको बताईएको छ। दुर्घटना सम्बन्धी थप विवरण आउन बाँकी छ।