स्वास्थ्य मन्त्रालयमा मधुरा श्रेष्ठजस्ता विज्ञ हुनुपर्छ : डा. युवराज संग्रौला

औषधि उपचारबाट रोग निको पार्ने प्रणालीभन्दा जनस्वास्थको यथोचित व्यवस्था उत्तम उपाय हो। निजि अस्पतालको भरमार ओहिरो लाग्यो। समाजको चरम उपभोक्तावादले रोगको राम्रो खेती गरिदियो। खेती मासियो, नास्पाती बजारमा बिक्दैन, अमेरिकाको स्याउ खाने बानी लाग्या छ। संस्कृति र स्वास्थ्यका बीचमा अनन्य सम्बन्ध हुन्छ। शरीरमा रोग कतैबाट आएर लाग्ने होइन, निर्माण गरिने हो।

१. नेपालमा जनस्वास्थलाई प्राथमिकता नदिने राज्य प्रणाली र हाम्रो आफ्नै पथभ्रष्ट बनाइएको आदत हो। बाटो सफा राख्न हामी चाहन्नौं। बाटोमा कुकुरलाई हग्न ल्याउने कथित आधुनिक मानिस देखेकै छौँ। आँगन बढारेर बाटोमा फोहोर फ्याँक्ने हाम्रो बानी छ। पानीको मुहान त अब डोजरले सकिहाले।

२. जनस्वास्थ्य र वातावरणको अभिन्न सम्बन्ध हुन्छ। पहिला गाँउघरमा स–साना पोखरी र आहाल हुन्थे। बर्षायाममा परेको पानी भरिएर हिउँदमा धारा सुक्दैनथे। मानिसलाई सफमा पानी प्राप्त हुन्थ्यो। त्यो कसले मासिदियो ? हामीले कहिल्यै सोचेनौं।

३. जब प्रकृति ध्वस्त पार्‍यौं, तब रोगको खेती लाग्यो। तब अस्पतालका नाममा उद्योग खुले।

४. परिणाम एक करोडमा डाक्टर बनाउने उद्योग खुले, मेडिकल कलेजका नाममा। कालो धन राख्ने ठाउँ बने। यदि हामीले सयौं जनस्वास्थ्यकर्मीहरु उत्पादन गरेको भए, स्वास्थ्य मन्त्रालयमा मथुरा श्रेष्ठजस्ता विज्ञ चिकित्सक राख्न सकेको भए, ठाउँ ठाउँमा जनस्वास्थ्य कलेजहरु खोलेको भए, यिनलाई डाक्टर भनिदिएको भए आज कोरोना भाइरसमा यसरी आतंकित हुनुपर्ने थिएन।

तर नवउदारवादले मानिसको जीवन भ्रष्ट पूँजीपतिको पैसा कमाउने साधन बनाइदियो। रोग निर्माण गर्ने जंकफुड र निजि अस्पताल अनि एलोपेथीको खेती मौलायो। खोज्नुहोस् त अस्पताल चलाउने र जंकफुड उत्पादन गर्नेको सम्बन्ध कस्तो हुन्छ। अब मानिसले मानिस भएर बाँच्न पाउनुपर्छ। अबको विकास समाजवादको रुपमा अगाडि बढ्नुपर्छ। अब मानिसले प्रकृतिभित्र बाँच्न पाउनुपर्छ।

(डा. युवराज संग्रौलाको फेसबुक वालबाट)