तापक्रम बढेपछि चल्न थाल्यो हावाहुरी, प्रदूषण कम हुँदा खुल्यो मौसम

काठमाण्डौ – शुक्रबार रातिदेखि देशका धेरै ठाउँमा हावाहुरी चलेको छ । गएरातिको वर्षापछि मौसम सफा रहेको र तापक्रम पनि बढेकाले हावाहुरी चलेको मौसमविद्ले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालका अनुसार तापक्रम बढ्दा स-साना भूमरी बन्ने गर्छ । प्रि-मनसुनको समय भएकाले पनि हावाहुरी चलेको उहाँले बताउनुभयो ।

आज काठमाण्डौको तापक्रम बढेर २७ डिग्री सेल्सियस पुगेको छ । यस्तै कोरोना भाइरसको जोखिमपछि भएको ‘लकडाउन’ले काठमाण्डौमा प्रदूषण समेत कम भएको छ । प्रदूषण कम हुँदा मौसम समेत छ्याङग उग्रेको छ ।