अस्ट्रेलियामा थप ६ नेपालीमा कोरोना संक्रमण

अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा ६ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सिड्नीमा चार जना र मेलवर्नमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दूतावासलाई प्राप्त भएको छ । उनीहरूसँगै बने सिड्नी र मेलवर्नमा थप एक÷एक जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरूको परीक्षण भइरहेको जनाइएको छ ।

सिड्नीमा कोरोना संक्रमित चारै जना विद्यार्थी हुन् । मेलवर्नमा संक्रमित दुई जना भने दिदी र बहिनी रहेको राजदूत दाहालले क्यानबेराबाट टेलिफोनमा नयाँ पत्रिकालाई बताए । उनले भने, ‘उनीहरूको स्वास्थ्य सामान्य छ । घरमै आइसोलेसनमा राखिएको छ ।’ यसअघि अस्ट्रेलियाकै तासमेनियाँमा एकजना नेपाली विद्यार्थीमा कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भए घर फर्किसकेका छन् ।