जापानमा एकै दिन १३० भन्दा बढीमा कारोनाको संक्रमण, नेपाली सुरक्षित

टोकियो , १५ चैत । जापानको चिबाकेनमा आज मात्रै ५६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यस अघि चिबासंग जोडिएको टोकियोमा ६३ जना संक्रमित भेटिएका थिए । आज मात्रै जापानमा १ सय ३० भन्दा बढी संक्रमित भेटिएका छन् । एकै दिन यति धेरै सक्रमित भेटिएको आज पहिलो पटक हो ।

जापानमा हालसम्म २ हजार २ सय ३७ व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ भने ५७ जनाको मृत्यु भइसकेको छ । जापानमा रहेका नेपाल नागरिकहरुमा भने अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको छैन । जापानमा हाल १ लाखको हाराहारीमा नेपाली नागरिकको बसोबास रहेको छ ।