चितवनबाट पठाईएका नमुना मध्य ८ को रिपोर्ट नेगेटिभ, बाँकी ३को रीपोर्ट भोली आउने

चितवन, चैत्र, १५ । कोरोना भाईरस वा कोभीड १९ को आशंकामा चितवनबाट काठमाडौ परिक्षणको लागि पठाईएका नमुना मध्ये ८जना को रिपोर्ट नेगेटिभ आएको छ । परिक्षणको लागि ११ जनाको नमुना पठाईएकोमा ३ जना को रीपोर्ट आउन बाँकी रहेको डा. भोजराज अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार कतार एयरवेज मार्फत नेपाल आएका ५ मध्ये सन्जु कँडेल कोईराला, बुद्धीराज कोईराला, र सुरेश गुरुङ्गसहीत सानुमाया लिम्बु, जित बहादुर मगर, लक्ष्मी कँडेल, र साजन गिरीको रिपोर्ट नेगेटिभ आएको हो । ११ मध्य ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । बाकी ३ जनाको रिपोर्ट समेत केही समयमै आउने डा. अधिकारीले बताउनुभयो ।