दैनिक आपुर्ति वा स्वास्थ्यमा समस्या परे खबर गर्नु प्रदेश सांसद: तारा लामा

पुनर्वास , चैत १५,देशमा कोरोना भाइरसको संक्रमण रोक्न हरेक नागरिकले लक डाउनको नियम मान्नु पर्ने सुदुरपश्चिम प्रदेशका सभासद तारालामा तामाङले बताएका छन् ।

सुदुर पश्चिम प्रदेश नेकपाका संसदीय दलका सचेतक समेत रहेका सभासद तामाङले शनिबार पुनर्वास रामबस्ती  स्थित  निवासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सभासद तामाङले भने” नेपालमा कोरोनाका कारण मानवीय क्षति रोक्ने भरपर्दो माध्यम भनेकै सामाजिक दुरी कम गर्ने हो यसको सोझो अर्थ भनेकै लक डाउनका बेला घर बाहिर ननिस्कनु हो ।”  उनले भने “यो एक खालको कर्फ्यु हो यो कुनै दल वा समुहले आफ्ना माग पूरा गराउन गरिएको होइन ।”

शनिवार कञ्चनपुरको पुनर्वास ३ रामबस्ती स्थित आफ्नै निवासमा पत्रकारहरु संग कुरा गर्दै सभासद तामाङले भने ” जनताको स्वास्थ्य रक्षा गर्न कोभिड -१९ कोरोनाको संक्रमणबाट जोगाउने उदेश्यले नेपाल सरकारले आव्हान गरेको लक डाउनको शत प्रतिशत पालना गर्नु हरेक नागरिकको कर्तव्य हो ।” तसर्थ सबै नागरिकले यो संकटको घडीमा सरकारको यो निर्णयलाई सघाउन अनुरोध गरेको बताए ।
सिंगो सुदुर पश्चिमलाई कोरोनाको संक्रमणको जोखिमबाट जोगाउन भारत तथा तेस्रो मुलुकबाट घर फर्केर आएका हरेकलाई निगरानीमा राख्नु पर्ने र वहाँहरुलाई क्वारेन्टाइनमा राखेर नियमित स्वास्थ्य जाँच गर्न सबैले सघाउनु पर्ने आबश्यकता रहेको सभासद तामाङले बताए ।

पत्रकारको प्रश्नको जवाफ दिदै सभासद तामाङले भने “हरेक स्थानिय तहमा अधिकार बिकेन्द्रीकरण भइ सकेको छ । स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको ब्यबस्थापनमा जति काम हुनु पर्थ्यो त्यति हुन सकेको बताए । स्थानीय निकायले स्वास्थ्यको क्षेत्रमा नियम अनुसार चलाउने कुरामा दत्तचित्त भएर लाग्नु पर्ने थियो अलि कमजोरी भएको हामीले महसुस गरेका छौं । यी कमिकमजोरी हटाउन प्रदेश सरकार लाग्ने छ ।”