सरकारले सातै प्रदेशमा सरूवा रोग नियन्त्रण सेवा पुर्‍याउने

सरकारले काठमाडौंको टेकुमा संचालन गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिने जस्तै सेवा देशका सातै प्रदेशमा लैजाने बताएको छ।

सेतोपाटीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यो जानकारी दिएका हुन्।

यसैगरी मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आवश्यक कदम चालिरहेको बताउँदै सोका लागि आवश्यक चिकित्सकिय सामाग्रीको सुचि चीन सरकारलाई नेपालले पठाइसकेको र सो अनुसारको सामान छिट्टै नेपाल आइपुग्ने जानकारी दिए।

‘किट, ल्याव, पपिइ मगाएका छौ। एन ८५ मास्क, कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने औषधिजन्य सामान पठाउन भनेका छौं’, उनले भने, ‘लिस्ट लामो छ, चीनले सहयोग गर्ने भनेको छ, आउने प्रक्रियामा छ।’

त्यसैगरी उनले मोबाइल ल्याबको लागि पनि प्रयास भइरहेको जानकारी दिए।