कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको निधन

काठमाडौं । स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टिगरेको छ ।

मारिया टेरेसाको आफ्नै सन्तान नभए भाञ्‍जा भाञ्‍जीको साहारामा रहेकी थिइन । कोरोना भाइरसबाट स्पेनमा पहिलो राज परिवारको मृ’त्यु भएको समेत डेलिमेलले बताएको छ ।उनको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो ।मारियाका ६ भाइबहिनी रहेका छन् ।उनले आफ्नो युवा अवस्था म्याडिडमा बिताएकी थिइन् ।

मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । यसअघि बेलायतका राजकुमार चाल्सलाई समेत कोरोना भाइरसको सं’क्रमण भएको खबर बाहिरिएको थियो । उनी हाल स्कटल्याण्डस्थित आफ्नो घरमा आइसोलेसनमा छन् । संक्रमति व्यक्तिहरु मध्ये १२ हजार उपचार पछि घर फर्केका छन् ।