दक्षिण एसियामा कोरोनाबाट सबैभन्दा बढी मृत्यु भारतमा, बढी संक्रमित पाकिस्तानमा

काठमाडाैँ, १६ चैत । विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेभिड-१९ अर्थात् काेराेना भाइरस दक्षिण एशियाली मुलुकमा भने तुलनात्मक रूपले कमजाेर देखिएकाे छ । तथापि यसकाे फैलावट बढिरहेकाे छ । हालसम्म दक्षिण एसियाली (सार्क क्षेत्र) देशहरूमध्ये काेराेना भाइरसबाट सबैभन्दा बढी भारतमा मृत्यु भएकाे छ । त्यहाँ याे समाचार तयार पार्दासम्म २४ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये पछिल्लाे एकै दिनमा ४ जनाकाे मृत्यु भएकाे छ । तर कुल संक्रमितकाे संख्या भने पाकिस्तानमा सबैभन्दा बढी देखिएकाे छ ।

पाकिस्तानमा हालसम्म कुल १ हजार ४९५ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमध्ये पछिल्लाे एक दिनमा मात्र १२२ जना नयाँ संक्रमित देखा परेका छन् । भारतमा भने कुल संक्रमितकाे संख्या ९८७ पुगेकाे छ, जसमा १०० नयाँ संक्रमित पछिल्लाे एक दिनमा मात्र देखापरेका हुन् ।

पाकिस्तानमा काेराेनाका कारण १२ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे एक दिनमा त्यहाँ १ जनाकाे मृत्यु भएकाे छ । यसैगरी बंगलादेशमा कुल ५ जनाले ज्यान गुमाएका छन् भने अफगानिस्तानमा ४ जनाकाे मृत्यु भएकाे छ । श्रीलंकामा पनि पहिलाेपटक काेराेनाबाट १ जनाकाे ज्यान गएकाे छ । बाँकी ३ सार्क देश (नेपाल, माल्दिभ्स, भुटान)मा भने अहिलेसम्म काेराेनाका कारण मृत्यु भएकाे पुष्टि भएकाे छैन ।

श्रीलंकामा ११३ जनामा काेराेना भाइरस देखिएकाे छ भने बंग्लादेशमा ४८ जनामा । त्यसैगरी माल्दिभ्समा १६ जना, नेपालमा ५ जना तथा भुटानमा ३ जना काेराेनाका बिरामी फेला परेका छन् । जसमध्ये पछिल्लाे एक दिनमा श्रीलंकामा ७ जना नयाँ बिरामी देखा परेका छन् भने नेपालमा १ जना नयाँ संक्रमित भेटिएका छन् ।

हालसम्म काेराेना पाेजिटिभ देखिएर भारतमा सबैभन्दा बढी ८४ जना पूर्ण निकाे भइसकेका छन् । त्यसैगरी पाकिस्तानमा २९, बंगलादेशमा १५, श्रीलंका र माल्दिभ्समा ९/९ जना, अफगानिस्तानमा २ र नेपालमा १ जना निकाे भइसकेका छन् ।

काेराेना महामारी फैलन नदिन सबै सार्क साष्ट्रहरूले प्रतिबन्धात्मक कार्यक्रमहरू प्रभावकारी बनाइरहेका छन् । लकडाउन, अन्तर्राष्ट्रिय सम्पर्क बन्द, सीमानाका बन्द जस्ता कार्यक्रममार्फत काेराेना फैलन नदिने कार्यहरू नेपाललगायत सबै सार्क देशहरूले अपनाएका छन् ।

चीनकाे वुहान शहरमा पहिलाेपटक गत डिसेम्बर अन्त्यतिर देखिएकाे काेराेना भाइरस अहिले विश्वका सबैजसाे देशमा फैलिसकेकाे छ । यूराेपेली मुलुक र अमेरिकामा पछिल्लाे समय काेराेना भाइरसकाे महामारी सबैभन्दा बढी फैलिएकाे छ ।