पुर्नवास नगरपालीका ११ का टोलवासीद्धारा अपरिचित व्यक्तिलाई आफ्नो टोलमा  प्रवेश गर्न रोक

कञ्चनपुर : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई रोकथाम गर्न कञ्चनपुरको एक टोलवासीले आफ्नो टोलमा कोरोना नफैलियोस भनेर बाटो नै बन्द गरेका छन ।जिल्लाको पुर्नवास नगरपालीका वडा नम्बर ११ का टोलवासीले अपरिचित व्यक्तिलाई आफ्नो टोलमा  प्रवेश गर्न रोक लगाएका हुन।उनीहरुले टोल मुख्य सडकनै घेरवार लगाएर अवरोध गरेका हुन ।

प्रवेशद्धार बन्द गरेर ‘अपरिचित व्यक्तिलाई टोल प्रवेश निषेध, आफु बचौं अरुलाई पनि बचाऔं’ भन्ने उदेश्यले सो कार्य गरेको स्थानीय बासी मान बहादुर थापाले बताए ।नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।सरकारले देशभर मंगरबारदेखि लकडाउन समेत गरेको छ ।