बीपी प्रतिष्ठान पुगे ७७ जना, १६ जनाको रिपोर्ट नेगेटिभ

सुनसरी / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना भाइरस हेल्प डेक्समा शनिबारसम्म ७७ जना स्वास्थ्य परीक्षण गर्न आइपुगेका छन् । परीक्षणमा आएकामध्ये प्रतिष्ठानबाट मात्रै १९ जनाको थ्रोट स्वाबको नमुना टेकु अस्पताल पठाइएको छ । जसमा अहिलेसम्म १६ जनाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । तीनजनाको रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए । अहिलेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका कोरोना आशंकित ५ जना शनिबार नै डिस्चार्ज भएका छन् ।

कोरोना परीक्षणको उद्घाटन पनि मुख्यमन्त्रीले गर्ने केही दिनअघि आइसोलेसन वार्डमा राखिएका चिनियाँ नागरिक पनि शनिबार नै डिस्चार्ज भएका छन् । अहिले आइसोलेसनमा ३ जना रहेका छन् । प्रतिष्ठानमा आशंका लागेर आएकामध्ये ५ जनालाई धरान उपमहानगरपालिका १३ स्थित सैनिक आवासीय विद्यालयको क्वारेन्टाइनमा रेफर गरिएको छ । ४ जनालाई मोरङमा नेपाली सेनाले तयार गरेको क्वारेनटाइनमा रेफर गरिएको छ । बाँकीलाई सेल्फ होम क्वरेनटाइनमा बस्न अनुरोध गरिएको प्रतिष्ठानले जनाएको छ ।