आर्यघाटमा जान छाडे मलामी, शोकमा रहेकाले सान्त्वना पनि पाउँदैनन् !

काठमाडौं : सरकारले सभा, सम्मेलन तथा भीडभाड नगर्न आह्वान गरेको १ महिना पुगेको छ । सभा, सम्मेलन तथा सेमिनार मात्र होइन, धा’र्मिक तथा अन्य सामाजिक कार्यहरू पनि रोकिएका छन् । लकडाउन पछि सडक सुनसान छ । नेपाली समाज सुख, दु:खको समयमा धेरै साथ खोज्ने गर्छ । त्यसैले त भनिन्छ, ‘ज्युँदाको जन्ती र म;र्दाको म’लामी ।’

अन्य कुनै समय काम नलागे पनि समाज यो समयमा काम लाग्छ भनिन्छ । तर, कोरोनाको कहर यति बढ्याे कि म;र्दाका म’लामी पनि पाइन छाडेकाे छ। कोरोनाको सं’क्रमणको फैलावट हुन नदिन सिंगाे देश लागिरहेको बेला कतिपय यस्ता कार्यमा भने अस्वा भाविक समस्या देखिएका छन् ।

सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपति देखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे। तर, टार्नै नसकिने मृ;त्युले मान्छेलाई कसरी घुँडा टेकाउँछ, हामीले शनिबार पशुपति आ’र्यघाटमा देख्यौँ । हामी पुग्दा विद्युतीय श’व दा’हगृहको मूलढोका ढप्क्याइएको थियो ।

झ्यालबाट टिकट काउन्टरमा एक युवा बार्गेनिङ गरिरहेझैँ देखिए । हामी नजिकै पुग्यौँ। काउन्टर भित्रबाट कर्मचारी भन्दै थिए, ‘यति रकममा त हुँदै हुन्न, कहाँ लानु छ लैजाऊ।’ यो कठोर शब्द सुनेर युवाको मुहारमा पी’डा मडारियो । सँगै रहेकी युवती अवाक भइन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र विनोद विष्टले लेखेका छन्।

उनीहरूको पी’डा के हो ? हामीले चासो राखेपछि संवाद लम्बियो । उनीहरूले हामीलाई बागमती किनारतर्फ लगे। किनारमा एउटा श’व देखियो । छेउमा थिइन्– २७ वर्षीया रिना श्रेष्ठ र रुँदै गरेका दुई बच्चा। रिनाका श्रीमान् ४० वर्षीय राजेशको शनिबार बिहान नि’धन भएको थियो । भक्तपुरका स्थायी निवासी उनी नक्सालमा परिवार सहित बस्दै आएका थिए ।

दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्थे । तीन सन्तान नाबालक छन्। घरमूली नै बिरामी भएपछि परिवार चरम आर्थिक संकटमा थियो। ‘राम्रो उपचार गरेर बचाउन सकिएन, आज बिहान प्रा’ण गयो, ला;स उठाउन समेत रकम भएन,’ रिनाले भनिन्। रिनाका अनुसार उनले छिमेकीसँग चन्दा उठाउन खोजेका थिए । तर, लकडाउनका कारण ४५ सय रुपैयाँ मात्रै जम्मा भयो ।

म’ला’मी नपाएपछि श’व बा’हनमा हालेर आ’र्यघाट ल्याए । त्यसैमा दुई हजार खर्च भयो । आ’र्यघाट पुगेपछि उनीहरूले थाहा पाए– शव जलाउने ठाउँ पनि स्तर अनुसार फरक फरक छ। आर्थिक हैसियत भएकालाई माथिपट्टि, विपन्नलाई तलपट्टि । सबै भन्दा सस्तो ठाउँमा पनि ६ हजार रुपैयाँ लाग्ने देखियो । तर, उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो।

कसैले विद्युतीय श’व दा’हगृहमा सस्तो पर्छ भनेर सल्लाह दियो । त्यसैले रिनालाई बागमती किनारमै छाडेर उनका दुई आफन्त यता आएका रहेछन् । तर, त्यहाँ पनि चार हजार लाग्ने भयो। आफूसँग २५ सय भएकाले त्यतिमै श’वदाह गरिदिन उनीहरू अनुरोध गरिरहेका थिए । तर, श’व दा’हगृहका कर्मचारी ‘नो डिस्काउन्ट’को मुडमा थिए।

रिनालाई साथ दिन आ’र्यघाट पुगेकी रेणु थापाले भनिन्, ‘१२ बजे नै श;व आ’र्यघाट ल्यायौँ । तर, पैसा नभएकाले श;व अ’लपत्र परेको छ।’ बाबुको मृ;त्युमा शो’कमा परेका दुई बालबालिका यो सब संवाद सुनि रहेका थिए । उनीहरूको मुहारमा मडारिएको पीडाले हामीलाई मौन बस्न दिएन । त्यहीँबाट पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडालाई फोन लगायौँ ।

घटना विवरण सुनायौँ । उनले समस्या समाधान गर्नेवचन दिए। हामी फेरि बागमती किनारतर्फ लाग्यौँ। भष्मेश्वर घाटमा चार श;व ज’ल्दै थिए, अरू लाइनमा थिए। मृ;त्युपछि पनि लाइनमा बस्नुपर्ने यो अर्को विडम्बनाले हाम्रो समृद्धिको यात्रालाई गिज्याइरहेको थियो।

केहीबेरमा काभ्रेको कोसीपारीका ४८ वर्षीय रूपेश परियारको श;व ज’लाउने पालोमा थियो । प्रतीक्षालयमा सुक सुकाउँदै थिइन् उनकी भाउजू पार्वती । घरी पछ्यौरीले आँसु पछ्थिन्, घरी फलामको डण्डीमा टाउको अड्याउँ थिन् । शो’कमा सान्त्वना दिन वरिपरि खासै कोही थिएन। पार्वती नजिक पुग्यौँ । उनले लकडाउनको पीडा सुनाइन्, ‘बिहान टिचिङमा देवरको मृ;त्यु भयो ।

बल्लबल्ल घा’टसम्म श;व ल्यायौँ । छोरा काठमाडौंमा भएकाले दा;गबत्ती दिन त गाह्रो भएन, तर म;लामी कोही आउन पाएनन् । श्रीमतीले समेत मुख हेर्न नपाई दा;ह संस्कार गर्नुपर्ने अवस्था भयो।’ उतापट्टि सिन्धुपाल्चोकको भोटेकोसी गाउँ पालिका–२ की ५२ वर्षीया मतिमाया श्रेष्ठको श;व ज’ल्दै थियो । सामुन्ने प्रतीक्षालयको बेन्चमा थिए, ६३ वर्षीय श्रीमान् कृष्णलाल । जलिरहेको श;व नियाल्दै हत्केलाले आँसु पुछ्दै थिए ।

तर, उनलाई सम्हाल्न आसपासमा कोही थिएन। हामी नजिक पुग्यौँ, उनले चुरोटको सर्को गहिरोसँग ताने । प्रेस लेखिएको ज्याकेट लगाएकाले हामीले परिचय दिनु परेन । प्रश्न पूरा नहुँदै उनले भन्न थाले, ‘बाबु मेरी श्रीमतीले मला’मी समेत पाइनन् । यो पी’डामा चाहिने भनेकै आफन्त हो । तर, सिन्धुपाल्चोकबाट कोही आउन सकेनन् । पी’डाले टाउको फु’ट्लाझैँ हुँदा वह पोख्ने आफन्त समेत पाइनँ।’