कोरोनाभाइरस युवाहरु पनि सुरक्षीत छैनन् : विश्व स्वस्थ संगठन

काठमाण्डाै –    विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले सचेत हुन सुझाव दिएको छ ।

बुढाबुढीमा जोखिम उच्च रहेको पाइएपनि युवा पनि सचेत हुनुपर्नेमा संगठनले जोड दिएको हो । विभिन्न देशमा कोरोनाका कारण युवाको तुलनामा बुढाबुढीको ज्यान गएको पाइएपछि सतर्कता नअपनाएको पाइएकाले संगठनले युवा पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेको हो ।

अध्ययनले कुनै पनि उमेर समूहका मानिसमा कोरोनाको सं क्रमण हुनसक्ने तर बुढाबुढी र दीर्घरोगी बढी जोखिममा रहेका देखाएको छ । कोरोना भाइरस सं क्रमित ११ हजारभन्दा धेरै मानिसको स्वासप्रश्वासका कारण ज्यान गएको पाइएको छ ।

अहिलेसम्म विश्वका १ सय ८५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा गरी २ लाख ७५ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन् भने १ लाख ७२ हजार ७ सय १६ जना उपचार गराइरहेका छन् । ११ हजार ३ सय ७० जनाको ज्यान गएको छ ।

इटालीमा औसतमा साढे ७८ वर्षका मानिसको ज्यान गएको पाइएको छ । चीनमा कोरोनाका कारण ज्यान गुमाउने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका रहेको न्यूयोर्क टाइम्सले जनाएको छ । तर १५ प्रतिशतभन्दा धेरै ८० वर्ष उमेर कटेका रहेका पाइएको छ ।

सामाजिक हाेइन व्यक्तिबीचको दूरी बढाऔँ : सरुवा रोग विज्ञ

संगठनको सरुवा रोगसम्बन्धी विज्ञ डाक्टर मारिया करकोभले कोरोना भाइरसबाट जोगिन मानिसबिच सामाजिक दूरी नभई व्यक्तिबिचको दूरी बढाउन आग्रह गर्नुभएको छ ।

यो बेलामा शाररीक समस्याभन्दा पनि मानसिक समस्या पिडादायी हुने भन्दै उहाँले सामाजिक सञ्जालको माध्यमबाट सम्पर्कमा रहन सुझाव दिनुभएको छ ।