संक्रमण कालिन अवस्थामा हेलचक्र्याइ नगरौ :नगर उपप्रमुख शारदा बिष्ट

किशोर तमाङ्ग/पुनर्वास चैत १६,बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस COVID-19 को सङ्क्रमण रोकथामका साथै नियन्त्रणको लागि बिश्व यतिखेर प्रयत्‍नरत छन।नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि यस महामारीबाट बच्न नेपाल सरकारले देशैभरी लकडाउनको घोषणा गरेको छ।कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा पनि यसको त्रास फैलिएको छ। जसका कारण यहाँका जनप्रतिनिधिहरु पनि यस महामारी बाट आफु पनि बाँचौ अरुलाई पनि बचाऔ भन्दै आफ्ना क्षेत्रका नागरिक हरुमाझ अपिल जारी गरिरहेका छन् ।

पुनर्वास नगरपालिकाका एक असल कर्तव्यनिष्ठ जनप्रतिनिधि जो सधै जनताको सेवामा समर्पित रहन्छिन्। वहा हुनुहुन्छ पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्ट… नगरवासीहरुका लागि उपप्रमुख बिष्टको यो जनहितमा जारी सन्देश जनता माझ जस्ताको त्यस्तै

आदरणीय नगरबासी आमा ,बुवा , दाजुभाइ ,दिदिबहिनी
यहाँहरु सबैमा सादर नमस्कार ।
कोरोना भाइरसको प्रकोपको कारणले पुरै सन्सार नै तहसनहस भै रहेको अवस्थामा हामी आम नागरिक
एकजुट भएर उच्च मनोबलका साथ सकारात्मक सन्देश प्रवाह गर्न जरुरी छ , जति सक्दो आफुलाइ सुरक्षित बनाउन हरेकले आफ्नो आनिबानिमा सुधार ल्याइ सरकारको आव्हानलाई आफ्नो सुरक्षा सम्झी
वरपरका छरछिमेकी सङ्ग कुनै किसिम को भेटघाट नगरिकन पुर्ण रुपले लकडाउनको पालना गरि ,आफ्नै
परिवारमा रमाइलो र निर्भयपुर्ण वातावरणको सृजना गर्नु पर्दछ ,वालबालिकालाई यसबाट कुनै नकारात्मक
असर पर्न दिनु हुदैन , जतिसक्दो आफ्नो परिवारको स्वास्थको बारेमा ध्यान दिन आफुले आफैलाइ आफ्नै घरमा बन्धक बनाउन जरुरी छ , म विनम्रता पुर्वक आग्रह गर्न चाहन्छु कि हाम्रो अमुल्य जीवन रहे हरेक सुख दु:ख मा एक साथ रहौला सामाजिक सद्भावका साथ चाड पर्वहरु मनाउला तर बिन्ती छ यो संक्रमण कालिन अवस्थामा कुनै किसिमको हेलचक्र्याइ न गरि दिनु होला , बांच र बचाउ को कवच बिर्सनु भएन , स्थानीय सरकारको तर्फबाट पनि नगरबासीहरुमा सकारात्मक सहयोगको सन्देश पस्किरहेको बेला ,नगरपालिकाले पनि आफ्नो नगरबासिज्युहरु
सङ्ग सहयोगको अपेक्षा गरेको छ , सबैको साथ र सहयोग सरसल्लाहको खांचो छ । हामी सबै मिलेर
एक साथ यो कोरोना विरुद्धको युद्धमा बिजय हासिल
गरि पूरा मानव जगतको अस्थित्वको रक्षा गर्नु छ , यतिबेला सबैले पुण्यकाम गर्न मानव सेवाको धर्म
का लागि अग्रसर हुन पनि आग्रह का साथ यो
जटिल अवस्थामा नगरबासिज्युहरुमा पर्न गएको
असुबिधा प्रती क्षमा याचनाका साथ यहाँहरुको घरपरिवारमा आइपर्ने स्वास्थ समस्या एबम अन्य
गम्भीर समस्यामा मेरो पूरा साथ र सहयोग रहने जानकारी गराउदै स्थानीय सरकारको जनप्रतिनिधिको
हैसियतले अहोरात्र जनताको सेवामा रहि अहिलेको
विषम परिस्थिति सङ्ग जुध्न तयार छु , सेवाको लागि मेरो मोबाइल नम्बर ९८५८७३६९८८मा कल गर्न सक्नु हुन्छ । सरकारलाई यो परिस्थितिमा साथ दिएर सच्चा देशभक्त नागरिकको परिचय दिदै आफू र आफ्नो परिवारको रक्षा गरौं धन्यवाद ,नमस्कार ।
तसर्थ यस बिश्मपरिस्थितिमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि सबैले नेतृत्वमा रहेका हरुको अपिललाई ध्यान दिई नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना सम्पुर्ण नेपालीले गरिदिए अवश्य पनि यो महामारी फैलिन बाट जोगिने छ।