कोरोनाबाट ७ देशमा मात्रै झण्डै ३० हजारको मृत्यु, ५ लाख संक्रमित

काठमाडाैं, १७ चैत । कोरोना भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमणले विश्वमा महामारीको रुप लिइरहेको छ । अहिले विश्वका २ सयभन्दा बढी मुलुकहरुमा याे भइरस फैलिसकेको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ३३ हजार ९७६ जनाको मृत्यु भइसकेकाे छ । तीमध्ये झण्डै ३० हजार भने ७ देशमा मात्रै मृत्यु भएको पाइएकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अनुसार इटाली, स्पेन, चीन, अमेरिका, फ्रान्स, इरान र बेलायतमा मात्रै २९ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

यी सात देशलाई कोरानाले निकै भयवह बनाएको छ । विश्वभर कोरोना संक्रमितको संख्या ७ लाख २२ हजार ८८ पुगेको छ । तीमध्ये ५ लाखभन्दा बढी संक्रमित भने यी सातवटा दशमै भएका छन् । संक्रमितमध्ये १ लाख ५१ हजार ७६६ भने पूर्ण रूपमा निकाे भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै यी देशहरुमा २ हजार ४६५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ३८ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् ।

अमेरिका

काराेनाकाे उद्गम स्थल चीन भएतापनि काेराेनाबाट सबैभन्दा बढी संक्रमित हुनेमा अमेरिका पर्छ । अहिले अमेरिकामा मात्रै संक्रमितको संख्या डेड लाख पुगेको छ ।

वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अहिलेसम्म १ लाख ४२ हजार ४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १८ हजार २७६ केस पछिल्लो एक दिनमा मात्र देखा परेका हुन् ।

संक्रमितमध्ये ४ हजार ५५९ जना भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले अमेरिकामा १ लाख ३४ हजार ९६१ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये २ हजार ९ सय ७० जनाकाे अवस्था गम्भीर रहेकाे छ । काेराेनाका कारण अहिलेसम्म अमेरिकामा २ हजार ४८२ जनाले ज्या गुमाइसकेका छन् ।

इटाली

अमेरिकामा सबैभन्दा बढी संक्रमण भएपनि मृतककाे संख्याकाे आधारमा भने इटाली पहिलाे नम्बरमा आउछ । काराेनाका कारण इटालीमा अहिलेसम्म १० हजार ७७९ जनाले ज्यान गुमाइसकेका छन् । जसमा ७५६ जनाकाे भने पछिल्लाे २४ घण्टाभित्र मृत्यु भएकाे छ ।

वर्ल्डो मिटर्सका अनुसार अहिलेसम्म इटालीमा ९७ हजार ६८९ जना काेराेना संक्रमित भएका छन् । जसमा ५ हजार २१७ जना भने पछिल्लो एक दिनमा मात्र देखा परेका हुन् । संक्रमितमध्ये १३ हजार ३० जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले इटालीमा ७३ हजार ८८० जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ३ हजार ९०६ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

चीन

काेराेनाकाे उद्गगम स्थल चीन भएपनि अहिले चीनमा काेराेनाकाे संक्रमण निकै कम छ । वर्ल्डो मिटर्स इन्फाेका अनुसार अहिले चीनमा २ हजार ४६६ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा कुल ८१ हजार ७४० जनामा संक्रमण भएपनि ७५ हजार ७ भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा चीनमा ४ जनाकाे मृत्यु भएकाे छ भने ३१ जना नयाँ संक्रमित थपिएका छन् । याे भइरस गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको थियाे ।

स्पने

स्पनेमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या ६ हजार ८०३ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो ।स्पेनमा अहिलेसम्म ८० हजार ११० जना संक्रमित भएका छन् । तीमध्ये १४ हजार ७०९ जना पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ५८ हजार ५९८ जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये ४ हजार २६५ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामै स्पेनमा ८२१ जनाको मृत्यु भएको छ भने ६ हजार ८७५ जना नयाँ संक्रमित भेटिएका छन् । बढ्दो मृत्युलाई हेर्दा स्पेनमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

फ्रान्स

काराेनाका कारण फ्रान्सकाे स्थिति पनि भयवह नै छ । अहिलेसम्म फ्रान्समा काेराेनाका कारण २ हजार ६०६ जनाले ज्यान गुमाइसकेका छन् भने ४० हजार १७४ जना संक्रमित भएका छन् । तीमध्ये ७ हजार २०२ जना भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले फ्रान्समा ३० हजार ३६६ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ४ हजार ६३२ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

इरान

काेराेनाका कारण इरानमा अहिलेसम्म २ हजार ६४० जनाले ज्यान गुमाएका छन् । ३८ हजार ३०९ जनामा काेराेनाकाे संक्रमण देखा परेकाे छ । तीमध्ये १२ हजार ३९१ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।

अहिले इरानमा २३ हजार २७८ जनामा काेराेना सक्रिया रहेकाे वर्ल्डो मिटर्स इन्फाेले जनाएकाे छ । तीमध्ये ३ हजार २०६ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

बेलायत
कोरोना भाइरसबाट बेलायतमा ज्यान गुमाउनेको संख्या १२ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा २०९ जनाको मृत्यु भएको छ भने २ हजार ४३३ जना नयाँ संक्रिमति थपिएका छन् ।

अहिलेसम्म बेलायतमा १९ हजार ५२२ संक्रमित भएका छन् । तीमध्ये १३५ जना भने पूर्ण रुपमा निको भएका छन् ।अहिले बेलायतमा १८ हजार १५९ जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये १६३ जनाको अवस्था गम्भीर रहेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र राजकुमार चार्ल्सलाई समेत कोरोनाको संक्रमण भएको छ ।