बहराइनकाे अस्पतालमा क्वारेन्टाइनमा रहेका ३ जना नेपालीको रिपोर्ट नेगेटिभ

मान्मा ।बहराइनकाे अस्पतालमा क्वारेन्टाइनमा रहेका ३ जना नेपालीको रिपोर्ट नेगेटिभ आएको छ । बहराइनको परराष्ट्र मन्त्रालयबाट क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोनाको संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको जानकारी प्राप्त भएको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि संक्रमण देखिएका अन्य ३ जना नेपालीको भने अस्पातलमा उपचार भैरहेको दूतावासको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ५ सय १५ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये ४ जनाको ज्यान गएको छ,भने २ सय ७९ जना उपचारपछि निको भएका छन् । खाडिमुुलुकमा संक्रमितमध्ये उपचारपछि डिस्चार्ज हुनेको सबै भन्दा धेरै संख्या बहराइनमा रहेको मन्त्रालयले जनाएको छ ।