लकडाउनको अवधिमा एकजना नाबालिका बलात्कृत…..

सन्जय सहनी रौतहट । रौतहटमा लकडाउनको अवधिमा एकजना नाबालिका बलात्कृत भएको दुुईदिन न बित्दै अर्को एकजना ८ बर्षिया नाबालिका बलात्काको सिकार भएकी छिन । रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका बलात्कृत भएको दुईदिन न बित्दै फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएको हो । फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पासवानका १८ बर्षिय छोरा नवल पासवानले आफनो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आइतबार राती घर बाट नजिकैको किराना पसलका खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पासवानले समातेर नजीकैको गलीमा लगेर जबरदस्ती करणी गरेका थिए । करणीको क्रममा पिडित बालिका कराएपछी स्थानियले पक्राउगरी प्रहरीमा खबर गरेका थिए । खबर लगतै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएकोटोलीले आरोपी पाश्वानलाई पक्राउ गरेको थियो ।आरोपी नवल पासवान माथी बालयौन दुराचार संबन्धी मुद्धा गर्दागरी अदालत बाट आदेश लिएर अनुसंधान प्रकृया अगाडी बढाईएको प्रहरी निरिक्षक साहले बताएका छन ।
पिडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।