स्पेनमा एकैदिन ९१३ ले ज्यान गुमाए, अहिलेसम्म साढे ११ हजार बढीको मृत्यु

कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९१ पुगेका छन् ।यससँगै यहाँ २४ घण्टामा ४ हजार ५० संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ ।यद्यपि, १६ हजार ७ सय ८० संक्रमित निकोसमेत भएका छन् ।