काठमाडौं : आज दिउँसो देशका केहि स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुको प्रभावका कारण मध्य, पूर्व र पश्चिमका पहाडी भेगमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाकी मौसमबीद् मन्जु वासीले जानकारी दिइन्।
काठमाडौं उपत्यकाका एक/दुई स्थानमा पनि बेलुकीपख पानी पर्ने संभावना रहेको उनको भनाई छ।तराई क्षेत्रमा पनि पानी पर्ने महाशाखाले जनाएको छ। तराई क्षेत्रको तुलनामा पहाडी भु–भागमा धेरै पानी पर्ने मौसमविद् वासीले बताइन्।
काठमाडौं उपत्यकाकामा आज बिहान न्युनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो तापक्रम बढेर २४ देखि २६ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्